Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सिन्धुपाल्चोक बस दुर्घटना : शोकमा डुब्याे सिंगाे गाउँ

चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।

दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृत्यु भएको र बाबु गम्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृतकको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।

दुर्घटनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृत्यु भएको र बाबु र छोरी घाइते भएपछि शव बुझ्ने व्यक्तिसमेत नभएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

दुर्घटनामा गाउँका मानिस धेरै परेपछि अनलाइनबाटै पालिकाको आकस्मिक बैठक बसी गाउँ विपद् कोषबाट प्रत्येक मृतकको किरिया खर्चबापत आफन्तलाई जनही रु ५० हजार प्रदान गरिएको छ । घाइतेको रेखदेखका लागि समिति गठन गर्नाका साथै शोक मनाउन पालिकाभित्र सोमबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसैबीच आज बिहानसम्म मृतकमध्ये सात जनाको शव आफन्तले बुझेर लगेका छन् । मृतकमध्ये सनाखत हुन नसकेको शव मेलम्ची नगरपालिका ढाँडखोला निवासी ३३ वर्षीया सुनिता तामाङको भएको खुलेको छ । दुर्घटनामा घाइते १९ मध्ये ह्याम्स अस्पतालमा १४, नर्भिक अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा एक, धुलिखेल अस्पतालमा एक र सिन्धु सदाबहार अस्पतालमा एकजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा.४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो । ब्रेक फेल भएको गाडी जबर्जस्ती चलाउँदा अप्रिय घटना हुन गएको घाइतेहरुले बताएका छन् । चालक फरार रहेको प्रहरीले बताएको छ । बस दुर्घटनामा जिल्लामा दुई महिनाको अवधिमा ५१ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनौँ व्यक्ति घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending