जाजरकोट । बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी भएका छन् । उनले लगाएको गहुँ, जौ र अन्य तरकारीबाली सिँचाइको अभावमा सुक्न थालेको थियो । आकाशे पानीका भरमा लगाइएको हिउँदेबाली सुक्न थालेपछि दुःखी भएका सिंहको हिमपाले एकै पटक खुशी थपिदियो ।
उनले भने, “अघिल्ला वर्षभन्दा यो वर्ष समयमै हिमपात हुँदा खेतबारीमा लगाएको अन्नबाली सोचेकै जस्तै गरी उत्पादन हुने पक्का भएको छ ।” खेती लगाएर सिँचाइ सुविधा नभएपछि निरास भएका नर्कुका हरिबहादुर सिंहलाई पनि खुशीको सीमा छैन । उनले भने, “अघिल्लो वर्ष बीउसम्म उठेको थिएन, यो वर्ष समयमै हिमपात भएपछि साचेको आम्दानी हुने भयो, अब घरपरिवारका लागि बाहिरबाट खाद्यान्न ल्याउनु नपर्ने पक्का भएको छ ।” बर्र्सेनि सर्मीस्थित खाद्य डिपोबाट खाद्यान्न ल्याएर दैनिक छ जनाको परिवार पाल्दै आएका सिंह हिमपातले उत्पादन वृद्धि हुने भएपछि खुशी भएका हुन् ।
त्यस्तै बारेकोट गाउँपालिका–५ पाखामा लगाइएको गहुँबाली सप्रिने भएपछि यहाँका कृषक खुशी भएका छन् । सिँचाइको अभावमा बर्सेनि समस्या भोग्दै बारेकोटवासी हिमपातसँगै सिँचाइको माग पूर्ति भएपछि हौसिएका छन् । पाखावासीले सिँचाइका लागि सबै तहका जनप्रतिनिधिलाई ध्यान आकर्षण गराए पनि माग पूरा नभएको भन्दै पाखावासी पीडा पोख्दै आएका छन् ।
जिल्लाका अधिकांश ठाउँमा सिँचाइको अभावमा कतै जमीन बाँझै रहेका छन् भने कतै लगाइएको बाली सुक्न लाग्दा हिमपात हुँदा कृषकमा खुशी थपिएको हो । नलगाड नगरपालिका–८ मेघाचौरमा हिउँदेबालीका रुपमा लगाइएको गहुँबाली समयमै हिमपात हुँदा रुप फेरिएको छ । उच्च पहाडमा भारी हिमपात भएपछि कृषकको अन्नबालीमा सिञ्चित हुँदा हराभरा भएको स्थानीयवासी मनिलाल खत्रीले बताए ।
बर्सेनि सिँचाइको सुविधा नभएका कारण आकाशेपानीका भरमा हिउँदेबाली लगाइने गरिन्छ । दुई वर्षअघि हिउँदेबाली लगाएको लामो समयसम्म पानी नपर्दा मष्ट देवतालाई बोका नै भाकल गर्नुपरेको सुनाउँदै नलगाड नगरपालिका–११ का अशोक सिंह भन्छन्, “गाउँको तल भेरी नदी छ, तर माथि खेतबारी बाँझै छन् कस्तो पीडा होला हाम्रो रु तर यो पटक हाम्रो गाउँमै हिमपात भयो, अब उत्पादन बढ्ने भएको छ ।”
कर्णालीको सिँचाइयोग्य जमीन
विसं २०६८ को जनगणनामा यहाँको जनसङ्ख्या १५ लाख ७० हजार ४१८ रहेकामा २०७५ मा करिब १७ लाख ७९ हजार ७८० पुगेको अनुमान गरिएको छ । जम्मा क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टर, कूल खेतीयोग्य जमीन दुई लाख ९९ हजार ३३९ हेक्टर, कूल खेती गरिएको जमीन दुई लाख १६ हजार ८८० हेक्टर, बाह्रै महिना सिञ्चित क्षेत्रफल ३८ हजार ३३ हेक्टर र आंशिक सिञ्चित क्षेत्रफल ३० हजार ३०२ हेक्टर रहेको तथ्याङ्क छ ।
प्रदेशमा करिब ४२ हजार ८१७ व्यावसायिक एकाइमा जम्मा एक लाख ३२ हजार ४२५ ले मात्र रोजगारी प्राप्त गरेको देखाइएको छ । त्यसैगरी गभर्नेन्स फ्यासिलिटीले सन् २०१८ मा प्रकाशन गरेको पुस्तक ‘सङ्घीय नेपाल ः प्रदेशहरू’मा कर्णालीमा ३९ उद्योगले हजार र ४०९ जनालाई मात्र रोजगार दिन सकेको देखाएको छ ।
हावापानीको अवस्था
भौगोलिक अवस्था जस्तै जलवायुको दृष्टिले पनि कर्णाली प्रदेश जत्तिको जटिल छ उत्तिकै मनमोहक पनि छ । यहाँको जलवायु शीत र समशीतोष्ण रहेको छ । यस प्रदेशमा तराई नजोडिएको कारणले उष्ण जलवायु पाइँदैन । उत्तरी हिमाली भेगमा बाह्रै महिना चिसो र दक्षिणी पहाडी, उपत्यका तथा दूनहरूमा समशीतोष्ण जलवायु पाइन्छ । उत्तर–दक्षिण जोड्ने सडक यातायात र रोप–वेहरूको समुचित विकास भयो भने केही घण्टाभित्रै चिसोबाट गर्मी ठाउँमा र गर्मीबाट चिसो ठाउँमा पुग्न सकिने भएकाले यो प्रदेश तराईको प्रचण्ड तातो जलवायुमा रहने र अत्यन्त चिसो हिमाली भेगमा बस्नेका लागि पनि उपयुक्त मानिन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: