Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

क्रिकेटको विश्व वरियतामा नेपाल पहिलो पटक प्रवेश

\"Nepal-cricket\" २० असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज जारी गरेको वरियता क्रममा नेपाल १५औँ स्थानमा परेको छ । यो वरियता क्रमको अन्तिम स्थान हो । नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास खेलको शृङ्खला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । त्यस्तै, वरियता क्रमको पहिलो स्थानमा श्रीलङ्का, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ । त्यसैगरी, आठाँैमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बा¥हौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौधौं स्थानमा जिम्बावे रहेका छन् । नेदरल्यान्ड्सको अभ्यास खेलमा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो । त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो । गत वर्ष बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी–ट्वेन्टीको मान्यता दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies