Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

प्रहरीका 'मोस्ट वाण्टेड' अझै फरार

धनकुटा, २० असार । पूर्वका विभिन्न जिल्लामा आपराधिक गतिविधि गरि फरार भएका तीनजनालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । प्रहरीकै \'मोस्ट वाण्टेड\' सूचीमा परेका अपराधीहरु लामो समयसम्म पक्राउ पर्न सकेका छैनन् । अपराध गरेर फरार भएकाहरुलाई कारबाही गर्न प्रहरीले अभियान नै सञ्चालन गरेपनि पूर्व क्षेत्रीय प्रहरी कार्यालयको \'मोस्ट वाण्टेड\' सूचीमा रहेका तीनजना अपराधी अहिलेसम्म फरार छन् । अपराधीलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाउँदा पूर्वमा अपराध समेत बढ्न थालेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अपराध शाखाका सई बलराम यादवका अनुसार पूर्वमा ३ सय २० जना पुरुष र २७ जना महिला गरि ३ सय ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले पूर्वमा प्रहरीको फरार सूचीमा रहेका ७ सय ५९ जना पुरुष र १ सय २६ जना महिला गरि ८ सय ८५ जना अभियुक्तहरु अझै फरार रहेको सई यादवले बताए । उनीहरुको खोजी कार्य भइरहे पनि हालसम्म पक्राउ गर्न नसकिएको यादवले बताए । पूर्वमा गत बैशाख महिनामा मात्र १५ जनाको हत्या भएको छ । ११ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको क्षेत्रीय प्रहरी प्रवक्ता श्यामल सुब्बाले बताए । पूर्वमा सुनसरी र मोरङमा भएका अधिकांश ठूला घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । संविधानसभाको दोस्रो निर्वाचनताका सुनसरीको खनारका ३६ वर्षीय सुभाष काफ्लेको हत्या उनका आफ्नै दाजु रमेश काफ्लेले गरेको पुष्टि भए पनि उनलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । निर्वाचनको भोलिपल्ट हराएका भनीएका काफ्ले सुनसरी कै तरहराको जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । सादा पोशाकमा प्रशस्त प्रहरी खटिए पनि ठूला घटनाका अपराधीलाई समात्न प्रहरी असफल भइरहेको छ । डकैती तथा पूर्वमा आएर हातहतियार कारोबार गरेको भन्दै सर्लाही जिल्लाको हरिऔ न-६ का ३६ वर्षीय फारुक मियाँ भन्ने राय भाटलाई प्रहरीको फरार सूचीमा वर्षौंदेखि राखिएको भए पनि उनी अझै पक्राउ परेका छैनन् । प्रहरीको वेबसाइटमा राखिएको \'मोस्ट वाण्टेड\' सूचीमा उनको नाम भएपनि उनी हालसम्म प्रहरीलाई छक्याएर हिँडिरहँदा प्रहरीले सुइँकोसम्म पाउन सकेको छैन । त्यस्तै, भारतको मखैतीग्राम घर भइ नेपालमा मानव बेचबिखनको मुद्दा लागेका सर्फराज आलम पनि प्रहरीको आँखा छलेर हिँडिरहेका छन् । सुनसरी कै श्रीपुर-३ का ३२ वर्षीय चन्द्र झा भनिने दिनेश झा पनि फरार छन् । उनीमाथि नागरिकतामा किर्ते गरेको अभियोग लागेको छ । क्षेत्रीय प्रहरी कार्यालयमा लामो समयदेखि अपराध अनुसन्धानको क्षेत्रमा काम गरिरहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदार खनालले अपराधीहरुलाई पक्राउ गर्न खुल्ला सीमा चुनौती बनेको बताए । \'नेपालमा अपराध गरेर भारतमा गई लुक्ने गरेका छन्\', खनालले भने, \'लामो समयदेखि फरार रहेकाहरुको पुरानो फाइल समेत पल्टाएर कारबाही गर्दै आएका छौँ । पूर्वी नेपालका लागि भारतसँगको खुल्ला सिमा टाउको दुखाइ बनेको खनालले बताए । रातारात अपराध गरेर सजिलै भारत छिर्न सक्ने भएका कारण केही अपराधी अझै पक्राउ नपरेका भएपनि उनीहरुलाई प्रहरीले जसरी पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने डीएसपी खनालको भनाइ छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending