काठमाडौं । पछिल्लो समय पार्टीमा देखिएको विवाद सुल्झाउन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेलसँग भेट वार्ता गरेका छन् । पौडेल निवास बोहराटारमा शनिबार बिहान भएको दुई पक्षिय भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने अडान राखेपछि वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
आफ्नै निवासमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका नल्याएसम्म अन्य बिषयमा छलफल हुन नसक्ने अडान राखेको नेता हृदयराम थानीले बताए ।
जवाफमा देउवाले राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिले पार्टी एकीकरणमा आएको लोकतान्त्रिक फोरम र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्ने काम सकेपछि महाधिवेशनको कार्यतालिका ल्याउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
अधिकारी नेतृत्वको निर्वाचन समितिले समायोजनको काम सक्नु अघि विभाग, नेविसंघ र तरुणदलको नयाँ कार्यसमिति गठन गर्न देउवाले पौडेलसँग सहयोग गर्न आग्रह गरेका थिए । तर, पौडेलले देउवाको सो प्रस्तावलाई ठाडै अस्वीकार गरेको बताएको छ । गत महिना बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिकमा समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय भएको थियो ।
शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले पार्टीभित्रका विवादबारे वार्ता गरी समाधान निकाल्न प्रकाशमान सिंहको संयोजकत्वमा दीलेन्द्रप्रसाद बडू र हृदयराम थानी रहेको वार्ता समिति बनाएका बनाएका थिए । देउवाले वार्ता गर्ने जिम्मेवारी उपसभापति निधिलाई दिएका छन्।
वार्तामा पौडेलसँगै बसेका केन्द्रीय सदस्य हृदयराम थानीले कुनै सहमति नबनेको बताएका छन् । उनका अनुसार १४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि मात्रै अन्य विषयमा छलफल गर्ने पौडेलले अडान राखेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको बताए ।
सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो। तर, देउवाले बैठकमा हाल रहेका २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेका छन्।
पौडेल पक्षको बहिष्कारबीच सभापति देउवाले बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए। ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि नै सभापति देउवाले नेता पौडेललाई भेटेका हुन्।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: