Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

तातोपानीमा नुहाउनेको घुइँचो

तातोपानी । यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २०० को हाराहारीमा पुगेको छ ।

नेपाल चीनको सिमाना रसुवागढीदेखि करिब चार किलोेमिटर दक्षिणमा पर्ने टिमुरे तातोपानीमा बास बस्ने पाटीको सुविधाले छिमेकी जिल्ला नुवाकोटसमेतका मानिस नुहाउन पुग्ने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । खोला बगरको तातोपानीलाई व्यवस्थापन गर्दै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले पूरै टायल बिछ्याइदिएको छ । पर्खालसहितको दुईवटा पक्की पोखरी र शौचालयसमेतका दुईवटा कोठा भएको पाटी निर्माण गरी दिएका कारण नुहाउन र बस्न सहज भएको स्थानीय समाजसेवी सुनावाङ्दी तामाङले जानकारी दिनुभयो ।

दुई÷चार दिन नियमित नुहाउँदा दम, गानुगोला, पिनास, छालालगायत विविध प्रकारका रोग न्यूनीकरण गर्ने औषधिजन्य तातोपानी व्यवस्थापन गर्न रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैह्रेको योगदान रहेको टिमुरेका बासिन्दाले बताएका छन् । टिमुरेका बासिन्दाले नियमित तातोपानी नुहाउन थालिसकेको र लाङटाङ थुमन, बृद्विम, स्याफ्रुका बासिन्दाले भने पाटीमा बसेर हप्तादिन नुहाउने गरेको बताइएको छ ।

रसुवागढी क्षेत्रमा सवारीसाधन चलाउने चालक र विद्युत् आयोजनामा काम गर्ने सयौँ मजदूर एवं टिमुरे क्षेत्रको सरकारी निकायमा कार्यरत राष्ट्रसेवकले समेत तातोपानीको अधिकतम फाइदा लिइरहेका स्थानीय कामीनुर्पु तामाङले जानकारी दिए। यस्तै आमाछादिङ्मो गाउँपालिकाअन्तर्गत वडा नं ५ मा रहेको चिलिमे तातोपानीमा पनि नुहाउने मानिसको भीड लाग्दै गएको छ । चिलिमे गाउँबाट करिब तीन किमि उत्तर पश्चिम साङ्जेन खोलाको तटीय क्षेत्रमा रहेको उक्त तातोपानी नुहाउन एउटा पोखरी निर्माण भए पनि जङ्गलको ठाउँमा पाटी नहुँदा तातोपानी नुहाउन जानेका लागि बासको समस्या देखिएको धैबुङ बेल्चौरका शङ्कर पौडेलले बताए।

एकातर्फ भूकम्पपछिको नयाँ तातोपानी अर्कोतर्फ भिरको फेद पहराको ढुङ्गा लड्छकी भन्ने डर त्रिपाल बोकेर लानुपर्ने बाध्यता, थोरै मान्छे जाँदा रातको समयमा वन्यजन्तुसमेतको त्रास हुने गरेको त्यहाँ नुहाइ फर्कनुभएका पौडेलले जानकारी दिए । चिलिमेको गाउँमाथि पहाडको मध्ये भागमा रहेको उक्त तातोपानी विसं २०७२ को भूकम्पले हल्लाउँदा साविक स्थानमा सुकेर खोलाको तटीय क्षेत्रमा नयाँ मूल निस्केपछि संरक्षणको अभियान सञ्चालन गरिएको साम्वालिङ युवा क्लब चिलिमेले जनाएको छ । संरक्षण कार्यअन्तर्गत पहिलो चरणमा नुहाउने पोखरी निर्माण भएको र दोस्रो चरणमा बस्ने पाटी निर्माणका लागि आर्थिक स्रोत खोज्ने काम अगाडि बढिसकेको उक्त क्लबले जनाएको छ ।

यसैगरी स्याफ्रुबेँसी क्षेत्रमा रहेको तातोपानी भने सामान्यरूपमा सानु आकारको रहेको छ । भोटेकोशी नदीको छेउमा तातोपानी रहेका कारण स्थानीयवासीलाई थोर बहुत बिहान नुहाउन सहज भएको स्थानीयले बताएका छन् । यस्तै ठूलोभार्खु पुछार भोटेकोशी तिरमा रहेको तातोपानी भने बगरको बालुवाले पुरिएको छ ।

भोटेकोशीले आफ्नो निकासको धार परिवर्तन गर्दा कुनातर्फ बगेको नदी र विगतमा मैलुङ स्याफ्रुबँेसी राजमार्ग निर्माण हुँदा भिरबाट खसेका ढुङ्गाको अवरोधका कारण औषधिजन्य प्राकृतिक तातोपानी पुरिएको ठूलोभार्खुका बासिन्दाले बताएका छन् । ठूलोभार्खु पुछार भोटेकोशी नदी किनारमा पुरिएको तातोपानी रसुवा जिल्लामा भएका तातोपानीका स्रोतमध्ये सबैभन्दा राम्रो र बढी प्रभावकारी भएका कारण उत्खनन गरी संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending