Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा आज जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्”

मन्त्री त्रिपाठीले निजामती सेवा विद्ययेकलाई सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जनतासँग प्रत्यक्ष जोडिएका विकासे कार्यालय जिल्ला बाहिर रहँदा केही अफ्ठ्यारो र ढिलासुस्ती हुने गरेको अवगत गराएका थिए।

यस्तै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले आजै परासीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री त्रिपाठीले शासकीय मनोविज्ञानले भन्दा सेवाको मनोविज्ञानले काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । स्थानीय तहमा आर्थिक अनुशासन र पारदर्शीतालाई कडाइका साथ पालना गर्न पनि मन्त्री त्रिपाठीले सचेत गराए । स्थानीय तहका प्रमुख÷उपप्रमुखले कर्मचारी अभावको समस्या छिटो समाधान गर्न तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जिससको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending