काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन ७ स्वर्णका लागिभएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलङ्काको नाममा समान १ स्वर्ण रह्यो ।
भरतले लङजम्प पुरुषतर्फ,१० हजार मिटर दौड पुरुषतर्फ, महिला २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।
पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९.३३.६१ सेकेण्डमा पुरा गरे । श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्दै र नेपालका दिपक अधिकारीले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्र्दै कास्य पदक जिते ।
यता महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दुरी २३.६६ सकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पुरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । सरस्वतीले निर्धारित दुरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दुरी २६.०४ सेकेण्डमा पुरा गरिन् ।
२ सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दुरी २१.१५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सुर्यानाले निर्धारित दुरी २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले निर्धारित दुरी २१.२२ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।
त्यस्तै लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादबले ७.७७ मिटर को दुरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर को दुरीका साथ कास्य जिते । सो बिधामा भुवन महतो र शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दुरी पार गरे ।
महिलालङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटर को दुरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटर को दुरीका साथ कास्य पदक जितिन् ।
यता डिस्कस थ्रो महिलामा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४९.८५ मिटर फ्याक्दै ४७.३१ मिटर फ्याक्दै रजत श्रीलंंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याक्दै कास्य जितिन् । फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् ।
पुरुष डिस्कस थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले ४४.३ मिटर फ्याके ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: