कास्की । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो ।
प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जित्न सफल भए । आयोजक नेपालले ट्रायथोलनमा एक स्वर्ण तथा एक कास्य, डुआथोलनमा एक स्वर्ण तथा दुई रजत पदक तथा मिक्स रिलेमा एक रजत पदक जितेको छ । ट्रायथोलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र डुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।
डुआथोलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले रजत पदक तथा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको टिमले ‘मिक्स टिम रिले’ मा रजत पदक दिलाए । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए ।
त्यसैगरि भारतले ट्रायथलनमा एक स्वर्ण, दुई रजत र एक कास्य तथा मिक्स रिलेमा एक स्वर्ण पदक जित्यो । श्रीलङ्काले डुआथोलनमा एक स्वर्ण र दुई कास्य तथा मिक्स रिलेमा एक कास्य पदक जितेको छ । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ‘मिक्स रिल’ेको फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साइक्लिङ र साढे दुई किमी दौड एक घण्टा ३५ मिनेट २० सेकेण्डमा पूरा गरी भारतले स्वर्ण पदक जितेको छ ।
त्यसैगरी नेपालले एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत तथा एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा तय गरिएको दूरी पार गरी श्रीलङ्काले कास्य पदक प्राप्त गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायाथोलन खेल प्रतियोगितामा समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।
घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक पदक जितेकामा प्रशिक्षक सानुभाइ पौडेलले खुशी व्यक्त गरे। खेलाडीले डटेर खेलेकाले नै बलियो टोली भारतलाई पदक तालिकामा पछि पार्न सम्भव भएको बताउँदै उहाँले पाँच पदक आश गरेकोमा त्यो भन्दा बढी पदक जितेकोमा खेलाडीको प्रशंसा गरे ।
डुआथलनमा स्वर्ण विजेता टमाटाले आवश्यक खेल सामग्रीको अभावमा समेत आफूहरुले देशको नाम राख्नुपर्दछ भनेर मेहनत गरेर खेलेको बताए । प्रतियोगिताको आज समापनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता खेलाडीलाई पदक वितरण गरेका थिए ।
प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीमा महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत रुपमा स्वर्ण पदक विजेतालाई नगद रु एक लाख, रजतलाई रु ५० हजार र कास्य पदक विजेतालाई रु २५ हजार दिने घोषणा गरेका छन् । त्यसैगरी गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई क्रमश रु २५ हजार, १५ हजार र रु १० हजार पुरस्कार दिने बताएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: