काभ्रेपलान्चोक । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो ।
पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक गस्ती गर्ने व्यवस्था गरेको हो । “नगरले बजार क्षेत्रमा सुरक्षा–गस्तीको माग गरेकाले सोहीअनुसार दैनिक रातको समयमा दुईपटक गस्तीको व्यवस्था मिलाएका छौँ”, सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टर प्रमुख प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले भन्नुभयो । उहाँका अनुसार पाँचखालको सुरक्षाका लागि १० देखि १२ जनासम्मको सशस्त्र प्रहरीको टोलीले दैनिक गस्ती गर्नेछ ।
पाँचखालमा सुरक्षा चुनौती थपिएपछि सशस्त्र प्रहरीको सहयोग मागिएको नगरप्रमुख महेश खरेलले बताए। “पाँचखालमा जनपद प्रहरीको सङ्ख्या न्यून भएकाले रातको समयमा सशस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको हो”, खरेलले भने । उनले पाँचखालमा रहेको दमकल पनि सशस्त्र प्रहरीको सुरक्षामा राखिएको र उनीहरुकै जनशक्तिद्वारा आगलागी जस्ता दैवीप्रकोपमा सञ्चालन गरिने बताउनुभयो । पाँचखालको सुरक्षा थप मजबुत बनाउन हाल १० स्थानमा सिसी क्यामेरा राखिएको र थप सातवटा क्यामेरा थपिने ४ नं वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।
यसैबीच, कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको बजेटमध्ये रु ५० लाख ५० हजारमा खरिद गरिएको दमकल सञ्चालनका लागि मङ्गलबारदेखि सशस्त्र प्रहरीलाई दुईदिने तालीमको आयोजना गरिएको छ । युकेस्थित डेभोन एन्ड सोमर्सेट फायर एन्ड रेस्क्युद्वारा सञ्चालित तालीममा सशस्त्र प्रहरीका २४ जनालाई विशेष तालीम दिइएको हो ।
तालीमका अवसरमा वारुण नियन्त्रणका क्रममा आवश्यक पर्ने थप उपकरण, लाइफ ज्याकेट तथा वारुण नियन्त्रक पोसाक रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: