Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कास्कीमा उपनिर्वाचनः साधारण मान्छेको असाधारण राजनीति

कास्की । कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ । ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा भने ‘साधारण मान्छेको असाधारण’ राजनीति भन्दै गुलाफ चिह्न लिएर मतदातामाझ पुगेकि छिन्।

सामाजिक विभेद र विसङ्गतिका विरुद्ध खुलेर आवाज उठाउने शर्मा महिला अधिकारकर्मीका रूपमा परिचित छिन् । विशेषगरी सामाजिक मनोपरामर्शदाताका रूपमा आफ्नो परिचय स्थापना गर्नुभएका शर्मा सामाजिक परिवर्तनका लागि राजनीति आवश्यक रहने भन्ने चेतले आफूलाई उम्मेदवार बन्न प्रेरित गरेको बताउछिन् ।

“म ताँतीका ताँती कार्यकर्ता र घाँटीभरिको माला भिरेर उम्मेदवार बन्न रुचि राख्दिन, परिवर्तनको झिल्का सानोबाट शुरु हुन्छ, म साधारण मान्छेको असाराधारण राजनीतिबाट यसलाई सम्भव तुल्याउने अभ्यासमा छु”, शर्माले भनिन् । “हाम्रो परम्परागत राजनीतिक अभ्यास कस्तो भयो, आजसम्म के पायौँ र अब के पाउँछौँ भनेर मूल्याङ्कन गर्ने सही समय आएको छ । अब उपनिर्वाचनबाट जनताले असल नेतृत्व छान्ने छन् ।”

समाजशास्त्र र मानवशास्त्रमा एवं ग्रामीण विकासमा स्नातकोत्तर ३२ वर्षीया शर्मा कानूनमा पनि स्नातक छिन् । उनले प्रारम्भिक शिक्षा बाँके कोहलपुरबाट प्राप्त गरेकि थिइन् । आफ्नो शिक्षा र विशेषज्ञताले सांसदका रूपमा आफू योग्य हुने उनको जिकिर छ । “अबको राजनीति कुनै वाद र तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति होइन । अबको राजनीति भनेको गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परनिर्भरता विरुद्ध हो, यसका लागि युवा जमात अगाडि आउनैपर्छ”, उनले भनिन्। अब सामाजिक रुपान्तरणका लागि स्वच्छ र इमान्दार व्यक्ति राजनीतिमा आउनुपर्ने मतदाताको आवाजले पनि आफूलाई उत्साहित बनाएको शर्माको भनाइ छ ।

“हामी खरायो दौडमा होइन, कछुवा दौडमा छाँै, अहमताको राजनीतिले चर्को आवाज निस्के पनि सेतीजस्तै सुस्ताइरहेका हाम्रा आवाज परिवर्तनका लागि गन्तव्य खोजेर बगिरहेका छन्”, शर्मा भन्छिन् ।

पोखरा लेकसाइडकी शर्मालाई सघाउन केन्द्रदेखि युवा नेत्री रञ्जु दर्शना मुख्य प्रचारकका रुपमा कस्केली जनतामाझ आइपुगेकि छिन् । युवा पुस्तामा राजनीतिक चेतको विकास गरेर राजनीतिमा नयाँ धारलाई स्थापित गर्ने लक्ष्य पनि विवेकशीलले लिएको पार्टी नेताहरुको भनाइ छ । पार्टीको सङ्घीय पदाधिकारीमा ५० प्रतिशत महिलालाई विधानमै सुरक्षित गरेकाले पनि राजनीतिप्रति महिलाको रुचिलाई विवेकशील पार्टीले तान्न खोजेको देखिन्छ । युवालाई राजनीतिमा प्रवेश गराउन केही हदसम्म विवेकशीलले प्रयत्न गरेको छ । अहिले पनि हातमा गुलाफ फूल लिएर मतदातामाझ पुग्ने अधिकांश युवामा महिला देख्न सकिन्छ ।

केही समयअघि साझा पार्टीसँग एकता गरेको विवेकशीलले विचार र सिद्धान्त फरक भएको भन्दै एकता तोडेको थियो । अहिले साझा पार्टीका तर्फबाट रजनी केसी ‘मन बदलाँै, मत बदलाँै’ भन्ने नाराका साथ चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का विद्या भट्टराईसहित तीन महिला उम्मेदवारको चुनावी अभियान निकै रोचक रूपमा अघि बढेको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाका ११ वडाका कूल ७१ हजार ८७१ मतदाता छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा प्रतिनिधिसभा सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: