Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

तनहुँबाट बाह्र करोडका ६० योजना छनोट

तनहुँ । तनहुँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने दुई सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ६० योजना छनोट गरेका छन् । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु छ/छ करोडको बजेटका लागि क्रमशः २७ र ३३ योजना छनोट गरेको हो ।

तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिकाको १२ वडा, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका पर्दछ । क्षेत्र नं २ मा व्यास नगरपालिकाको दुई वडा, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका पर्दछ ।

छनोट गरिएका योजनामध्ये सबैभन्दा बढी रकम सडक र भवन निर्माणलाई विनियोजन गरिएको छ । क्षेत्र नं १ अन्तर्गत व्यास नगरपालिकाको आठ योजनामा रु एक करोड ६५ लाख, भानु नगरपालिकाको छ योजनामा रु एक करोड ६४ लाख ६० हजार, बन्दीपुर गाउँपालिकाको चार योजनामा रु ८५ लाख, आँबुखैरेनी गाउँपालिकाको चार योजनामा रु ९५ लाख र देवघाट गाउँपालिकाको पाँच योजनामा रु ८५ लाख बजेट विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।

व्यास नगरपालिकाअन्तर्गत पराशर मोटरमार्गका लागि रु ५० लाख, कालिका मोटरमार्गका लागि रु ५० लाख, दमौली मुस्लिम समाज भवन निर्माणका लागि रु १५ लाख, राधेराधे अधुरो भवन निर्माणका लागि रु १० लाख, आदिवासी जनजाति अधुरो भवन निर्माणका लागि रु १० लाख, क्षेत्री समाज अधुरो भवन निर्माणका लागि रु १० लाख, बोटेटार खानेपानी आयोजनाका लागि रु १० लाख, बिपी विचार समाज अधुरो भवन निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

भानु नगरपालिकाअन्तर्गत भिसी शेरबहादुर मोटरमार्ग कालोपत्रका लागि रु एक करोड विनियोजन गरिएको छ ।

बन्दीपुर गाउँपालिकाअन्तर्गत वडा नं २ र ३ जोड्ने वडा कार्यालय पक्की सडक निर्माणका लागि रु ५० लाख, डाप्रे बिरुवा मोटरमार्ग स्तरोन्नतिका लागि रु १० लाख, विमलनगर मरनघाट मोटरमार्गका लागि रु १५ लाख र खड्कदेवी मन्दिर तामाको पाता छानो निर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकाअन्तर्गत रामशाह मरनघाट निर्माणका लागि रु ५० लाख, बौद्ध गुम्बा समाज भवन निर्माणका लागि रु १५ लाख, मार्कीचोक नयाँगाउँ डुम्रीखर्क मोटरमार्गका लागि रु २० लाख, जयडाँडा दुम्सीढुडा ब्रालुङबेँसी मोटरमार्गका लागि रु १० लाख विनियोजन गरिएको छ भने देवघाट गाउँपालिकाअन्तर्गत देवघाट साउने कर्ताप मोटरमार्गका लागि रु ४० लाख विनियोजन गरिएको छ ।

तनहुँ निर्वाचन क्षेत्र नं २ अन्तर्गत व्यास नगरपालिकाको चार योजनामा रु ४० लाख, शुक्लागण्डकी नगरपालिकाको सात योजनामा रु एक करोड २० लाख, भीमाद नगरपालिकाको छ योजनामा रु एक करोड ३० लाख, ऋषिङ गाउँपालिकाको पाँच योजनामा रु ९० लाख ६० हजार, घिरिङ गाउँपालिकाको पाँच योजनामा रु ९० लाख र म्याग्दे गाउँपालिकाको छ योजनामा रु एक करोड २४ लाख विनियोजन भएको सांसद सिग्देलले जानकारी दिए ।

जसअनुसार व्यास नगरपालिका–६ स्थित इन्दु मावि पर्खाल निर्माणका लागि रु १० लाख, शिशाघाट फुटबल मैदान निर्माणका लागि रु १० लाख, व्यास नगरपालिका–५ स्थित पतेनीटार खानेपानी सुविधा विस्तारका लागि रु १० लाख र शुक्र आधारभूत विद्यालय पर्खाल निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाअन्तर्गत मनकौरी मोटरमार्ग नाला निर्माणसहित स्तरोन्नतिका लागि रु ५० लाख, थप्रेक भ्यूटावर निर्माणका लागि रु १५ लाख, आधारभूत मावि कम्पाउण्ड निर्माणका लागि रु १५ लाख, तीनखोलेदेवी मोटरमार्ग नयाँ ट्र्याक निर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।

भीमाद नगरपालिकाअन्तर्गत किहुँ मोटरमार्ग कालोपत्रका लागि रु ८० लाख विनियोजन भएको छ ।

घिरिङ गाउँपालिकाअन्तर्गत घुमाउने ताल संरचना निर्माणका लागि रु ५० लाख, पशुपति मोटरमार्ग स्तरवृद्धिका लागि रु १० लाख, गोसाइँकुण्ड–वनडाँडा मोटरमार्ग विस्तार तथा स्तरवृद्धिका लागि रु १० लाख, करुवाटार सिचाइँ योजना सञ्चालनका लागि रु १० लाख र पुत्गाउँ खानेपानी योजना सुविधा विस्तारका लागि रु १० लाख विनियोजन भएको छ ।

म्याग्दे गाउँपालिकाअन्तर्गत बडहरे–काफ्लेचोक–पाटेचौर–भैँसीखर्क सिंहाले रानीटारी हुँदै सिन्धुमार्ग जोड्ने सडक कालोपत्र तथा स्तरोन्नतिका लागि रु ७० लाख, छविसे राहुलडाँडा मनिस्वाँरा हुँदै बरभञ्ज्याङ मार्ग विस्तार तथा स्तरोन्नतिका लागि रु १४ लाख विनियोजन भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending