Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न मेरो उम्मेदवारी : विद्या भट्टराई

पोखरा । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ ।

माल्यार्पण पछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाइन् । उनले विकाशको लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । उनले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको उनले बताइन् ।

चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं ९ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

यसैबीच नेकपाको चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ स्थित अमिनतारा टोलमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै पूर्व स्वास्थमन्त्री तथा नेकपा गन्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले भूमिहिनका सबै समस्या सुल्झाउन अब दिन गने काम गर्ने बताए । अब भूमिहिनका समस्या बाँकी नराखी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले समृद्दिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील समेत गरेका छन् ।

कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गरे । पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए । उक्त टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies