काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीमण्डलको समेत पुनर्गठनको तयारी गरेका छन् ।
मन्त्रीमण्डल तथा सचिवालयका सदस्यहरुको कार्यसम्पादनमा चित्र प्रशन्न नभएपछि ओलीले सबैको राजिनामाको सहज बाटो अपनाएका हुन् । हटाउनुपर्ने सदस्यहरुलाई मात्रै हटाउँदा वा राजिनामा माग्दा उनीहरुको राजनीतिक जिवनप्रति प्रश्न उठ्ने र दाग लाग्ने आकलन सहित ओलीले यस्तो बाटो अपनाएको बालुवाटार स्रोत बताउँछ ।
सरकार बनेको झण्डै २ वर्षसम्म हेरेका ओलीले केहीदिनभित्र मन्त्रीमण्डलको पुनर्गठनका लागी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति लिईसकेका छन् ।
तर सबै मन्त्रिहरुको राजिनामा माग्ने या हटाउनुपर्ने मन्त्रीहरुको मात्रै राजिनामा माग्ने भन्ने निष्कर्षमा भने ओली पुगिसकेका छैनन् ।
यी जो हट्ने सुचिमा छन्
स्रोत भन्छ–१० मन्त्रीहरु ओलीको हट्ने सुचिमा छन् । ति मध्य ३ जना पुर्व माओवादी पक्षका हुन् भने ७ जना साविक एमालेबाट रहेका छन् । निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल छन् भने पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत छन्।
उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर ओलीको हट्ने सुचिमा रहेका छन् ।
यी जो थपिने सुचिमा छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको सुचिमा आफ्ना कटु आलोचक घनश्याम भुषालदेखि नेपाल पक्षका सुरेन्द्र पाण्डे सम्मलाई समेट्ने तयारी गरेको स्रोत बताउँछ ।
पार्टी महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे र ५ नं. प्रदेशका मुख्यमन्त्री शंखर पोखरेल नयाँ अर्थमन्त्रीका दावेदार हुन् । कसलाई अर्थमन्त्री बनाउने भन्ने निष्कर्षमा ओली पुगिसकेका छैनन् । प्रमुख राजनीतिक सल्लाहाकारबाट राजिनामा दिएका विष्णु रिजाललाई पनि ओलीले मन्त्री बनाउने बचन दिएको बताइन्छ ।
सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन्। शिवमायालाई उपसभामुखबाट राजीनामा गर्न लगाएर मन्त्री बनाउने तयारी छ।
पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन्।
घटनाक्रमले नयाँ मोड नलिए अर्को साता ओली मन्त्रीपरिषदको पुनर्गठन गर्ने छन् । माथि उल्लेखित नाम भने अदलबदल हुने सम्भावना रहेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: