Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

वडाध्यक्ष सुवालसहित १० जना विरुद्ध काभ्रेपलाञ्चोकमा किटानी जाहेरी

बनेपा। बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ ।

बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पु¥याएको जनाउँदै किटानी जाहेरी दिइएको हो । नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पु¥याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो ।

“वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध शान्तिसुरक्षामा खलल पु¥याइ तोडफोडमा उत्रिएको आरोपमा जाहेरी आएको छ”, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने । उनका अनुसार जाहेरीमा शान्तिसुरक्षामा खलल पु¥याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छद–२ अनुसार कारवाहीको माग गरिएको छ । स्थानीयले अवरोध पु¥याएपछि भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले छ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँच जना स्थानीय सामान्य घाइते भएका थिए ।

प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ (सङ्घर्ष समिति अध्यक्ष)लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने, “अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।” बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेशिन राख्न सहमत भएका थिए ।

यसैबीच आज बिहान नपा कार्यालयमा जिसस प्रमुख उद्धव केसीको अध्यक्षतामा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षाप्रमुख तथा कर्मचारी सम्मिलित बैठकले फोहर व्यवस्थापन गर्ने भनिएको स्थानमा पुनःकाम शुरु गर्ने, वातावरण परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउने, प्रतिवेदनपछि फोहर व्यवस्थापनको काम शुरु गर्ने निर्णय गरेको छ ।

आजै पक्राउ गरिएका घिसिङको रिहाइको माग गर्दै स्थानीय महिलाले नगर कार्यालयको गेटमा प्लोकार्डसहित धर्ना दिएका छन् भने नेपाली काङ्ग्रेससहित केही दलले थप बृहत् छलफल गरी फोहर व्यवस्थापनका लागि उचित स्थान छनोट गर्न सुझावसहित जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending