सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो ।
मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफनो छोरा हराएको दिएको निवेदन र निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो ।
श्रीलाल सरदारले बताएअनुसार कात्तिक ५ गते पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र तत्पश्चात भोलिपल्ट सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको छोरा विजयले गाडिएको भनि बयान दिँदा निजले बताए बमोजिम उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रियुगा नदीको किनारमा झिङ्गा लागि रहेको ठाउँमा शङ्का मानी खाल्टो खनेर हेर्दा अजयकुमार मुखिया र रमेश सरदारको ज्याकेटलगायत रौं र रगत जस्तो देखिने रातो पदार्थ फेला पारिएको र उक्त बरामद गरिएको समानलाई परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।
कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उक्त घटनामा संलग्न श्रीलाल सरदार र उनको छोरालाई नियन्त्रमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
मृतक अजयकुमार मुखियासहित स्थानीयवासी श्रीलाल सरदारसहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाइ शिकार गर्न गएका थिए । सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ ।
उनीसँगै गएको बाँकी सबै जना मिलेर मृतकलाई बेपता पारी गाडिएको अशङ्काको आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो घटनमा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: