Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कृतिम फूलले भरिभराउ खलङ्गा बजार

काठमाडौँ । नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफँै घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर पर्ने गरेका हुन् ।

सदरमुकाम खलङ्गाका हरेक पसलमा प्लाष्टिकका माला बिक्रीका लागि राखिएका छन् । स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो ।तातोपानी गाउँपालिका–२ का मुनबहादुर डाँगीका अनुसार पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको छ । उहाँले भन्नुभयो, “पर्याप्तरुपमा फूल रोप्न सके जुम्ला फूलमा आत्मनिर्भर बन्ने सम्भावना निकै छ तर हरेक तिहारमा भित्रिने प्लाष्टिकका मालाका कारण फूलको  खेती गर्न किसान निरुत्साहित भएका हुन् ।”

१० लाख बराबरको कृतिम माला

मौसममा आएको परिवर्तनका कारण फूल फूल्ने क्रममा पनि फेरवदल भएको छ । समयमै तुसारो पर्ने गरेकाले फूलेका फूल पनि सुक्दै जान थालेको छ ।  तिहारसम्म बारीमा देखिने फूल सुक्दै जान्छन्, उहाँले भन्नुभयो, फूलको रेखदेख र हेरचाह गर्न सके प्लाष्टिकका माला भित्र्याउनुपर्ने अवस्था छैन । वर्षेनी रु सातदेखि रू १० लाखसम्मको फूल जुम्लामा भित्रिने गरेको व्यवसायीहरू बताउँछन् ।

अहिले जुम्ला बजार प्लाष्टिकका फूलले रङ्गिएको र फूल किन्ने दिदीबहिनीको घुइँचो लाग्न थालेको छ । बजारमा प्लाष्टिकको माला न्यूनतम रु ४० देखि १५० सम्म किनबेच भइरहेको छ ।  यहाँ गुलाब, सयत्रपीलगायत सयौँ थरीका फूल छन् तर पनि  दिदीबहिनी प्लाष्टिककै  माला दाजुभाइलाई लगाइदिन उत्साहित हुन्छन् अर्का स्थानीयवासी मानबहादुर रावतले  भन्नुभयोे, “दाजुभाइ पनि प्लाष्टिक माला लगाइदिँदा खुुशी महसुस गर्छन् । यो नै ठूलो समस्या हो । जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा फूलखेतीको सम्भावना छ  तर फूलखेती गर्न किसान उत्साहित छैनन् । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending