भक्तपुर । नेपाल विद्युत् प्राधिकरण र सरोकारवालाले दुई वर्षअघि नै काठमाडौं उपत्यकाभित्रका सबै तार भूमिगत गर्ने निर्णय गरे पनि अहिलेसम्म काम सुरु भएको छैन । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले भने जग्गाधनीको लागत साझेदारीमै बिजुलीका तार भूमिगत गर्ने भएको छ । प्राधिकरणको ठिमी शाखादेखि गठ्ठाघरस्थित राधाकृष्ण मन्दिरसम्मको तार भूमिगत गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाले ५० प्रतिशत र जग्गाधनीले ५० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - घनाबस्तीमा टाँगिएका नांगा तार र साँघुरा सडकमा गाडिएका पोलले दुर्घटना निम्त्याउने भएकाले जोखिम कम गर्न तारलाई भूमिगत गर्ने योजना अघि सारिएको मेयर मदनसुन्दर श्रेष्ठले बताए । ‘पुराना पोलमा जथाभावी टाँगिएका तारले बजार कुरूप बनाएको छ, बस्तीमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुने रहेछ,’ उनले भने, ‘त्यसैले स्थानीयको लागत सहभागिताबाटै तारलाई भूमिगत गर्न लागिएको हो ।’
तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सहयोग गर्ने उनले बताए । नगरपालिकाले प्राधिकरणलाई तार भूमिगत गर्ने र पोल हटाउने प्रस्ताव गरेपछि प्राधिकरणले सर्भे गरी एक करोड ९८ लाख रुपैयाँको लागत इस्टिमेटसमेत तयार गरेको छ । स्थानीयबाट पनि रकम संकलन भइसकेको छ ।
नगरपालिकाले प्राधिकरणलाई बजेट दिइसकेकाले चालू आर्थिक वर्षभित्रै तार भूमिगत गर्ने काम पूरा हुने वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापतिले बताए । वितरण केन्द्रदेखि राधाकृष्ण मन्दिरसम्म वडा नम्बर २, ६ र ७ को १ दशमलब ९ किमि क्षेत्रमा तार भूमिगत गरिनेछ ।
तार भूमिगत गर्न स्थानीय जग्गाधनीले प्रतिफिट २५ सय रुपैयाँका दरले नगरपालिकालाई पैसा दिएका छन् । प्राधिकरणको ठिमी वितरण केन्द्रका प्रमुख सुवोध शर्माका अनुसार नगरपालिकाले तार भूमिगत गर्ने योजनाका लागि बजेट दिइसकेको छ । ‘अवरोध नभए एक महिनामै काम सकिन्छ, तर सबै प्रक्रियाका लागि केही ढिलाइ हुन सक्छ,’ उनले भने, ‘जे होस्, चालू आर्थिक वर्षभित्रै तार भूमिगत भइसक्छ ।’ नगरपालिकाले काम थाल्न एक करोड रुपैयाँ भुक्तानी दिइसकेको शर्माले बताए । बाँकी रकम पनि काम सुरु हुनासाथ भुक्तानी दिने लिखित प्रतिबद्धता आइसकेको उनले बताए ।
तार भूमिगत गरेपछि प्राधिकरणका कर्मचारीले स्टेसनमै बसेर विद्युत्को लाइन काट्न सक्नेछन् । कम जनशक्तिबाटै काम हुनुका साथै विद्युत् चुहावटसमेत नियन्त्रण गर्न सहयोग पुग्नेछ । प्राधिकरणले तिहारपछि टेन्डर निकाल्ने र काम थाल्ने वितरण केन्द्रका प्रमुख शर्माले जानकारी दिए ।
उपत्यकामा जथाभावी फैलिएका बिजुलीका नांगा तार र अव्यवस्थित पोलका कारण बर्सेनि जनधनको क्षति हुने गरेको छ । प्राधिकरणले भने एडिबीको ऋण सहयोगमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रबाट काम थाल्ने तयारी गरेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: