काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट लागू हुने गरी आचारसंहिता जारी गरेको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ- प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला तथा स्थानीय तह सदस्यको निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने आयोग प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । त्यस्तै, भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने आचारसंहिता पालना गर्नुपर्नेछ । सम्बन्धित सरकारले कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने आचारसंहिता तोकिएको छ । तर, लोकसेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले नियमित रूपमा गर्ने पदपूर्तिमा भने आचारसंहिता बाधक नहुने आयोगले जनाएको छ ।
राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म पालना गर्नुपर्ने आचारसंहिता पनि लागू गरिएको छ । जुलुस, आमसभा, र्याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा, निर्वाचन खर्च गर्दा, मौन अवधि र मतदानको दिन पालना गर्नुपर्ने आचरण लागू गरिएको छ । निर्वाचन अयोगबाट अनुमति नलिएका सवारीसाधन निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाउने आयोग प्रवक्ता श्रेष्ठले बताए । आयोगले तोकेको आकारको मात्रै ब्यानर प्रयोग गर्न पाइने भए पनि पोस्टर बनाएर प्रचारमा भने रोक लगाएको छ । केही दिनमै आचारसंहिताको पूर्ण व्यहोरा आयोगको वेबसाइटबाट प्रकाशित गर्ने तयारी छ ।
आयोगले एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यका लागि उम्मेदवारको २४ कात्तिक र स्थानीय तहका अन्य ४८ सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली ३० कात्तिकमा प्रकाशित गर्ने तालिका छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेपछि अन्तिम परिणाम नआउँदासम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण पनि लागू गरिएको छ ।
स्वच्छ, निष्पक्ष र पारदर्शी वातावरणमा भयमुक्त निर्वाचन गराउन आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयन तथा अनुगमन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम उपनिर्वाचन केन्द्रीय आचारसंहिता समिति बनाइने प्रवक्ता श्रेष्ठले बताए ।
निर्वाचन सुरक्षा समितिको बैठक
उपनिर्वाचन उच्चस्तरीय सुरक्षा समितिको बिहीबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउने निर्णय गरेको छ । समिति संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा बसेको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह र रक्षासचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, सेनाका प्रतिनिधि र मुख्य अनुसन्धान निर्देशक उपस्थित थिए । आयोग र केन्द्रीय सुरक्षा निकायबीच सम्पर्क र समन्वयमा निर्वाचन सफल बनाउने विषयमा छलफल भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: