Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राष्ट्रपति सीको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उपयोगी रहेकाे निष्कर्ष

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ। नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका अधिकारीले बताए। समकक्षीहरूसँग भ्रमण सफलताको व्याख्यासमेत उनीहरूले गरेको बेइजिङका ती उच्च अधिकारीले बताए। नेपालमा लामो समयदेखि यो स्तरको भ्रमण नभएको र अर्को छिमेक अनि मित्र राष्ट्रहरूको प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै भएको भ्रमण फलदायी भएको समीक्षा उनीहरूले गरेका छन्। बीआरआईमा नेपालको साथ दृढ रहेको र नेपालसँगका परियोजना अगाडि बढाउनुपर्ने चिनियाँ समीक्षामा उल्लेख छ।

विदेशमन्त्री वाङले आफ्नो मन्त्रालयमा र थोङले पार्टीमा यस्तो समीक्षा गरेका थिए। भ्रमणको समीक्षा लिखित रूपमा मन्त्रीहरू र सम्बन्धित निकायमा प्रस्तुत भएको जानकारी बेइजिङले दिएको छ। ती उच्च अधिकारीले नेपाललाई चीनले राजनीतिक प्राथमिकता दिएको बताए।

उनीहरूले भ्रमण सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, बेइजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ दूतावासलाई धन्यवाद दिएका छन्। चिनियाँ अधिकारीले नेपाली सञ्चारमाध्यमले भ्रमणलाई उच्च प्राथमिकता दिएको र जनस्तरमा नेपाल–चीन सम्बन्धबारे अधिक जानकारीसमेत दिएको जनाएका छन्। उनीहरूले सञ्चारमाध्यमप्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।

उनीहरूले सीको भारत भ्रमण पनि सफल र उपयोगी रहेको समीक्षा गरेका छन्। बजार विस्तारका साथै आफ्ना उत्पादन एसियाको ठूलो बजारमा पुर्‍याउन सहजीकरणको भूमिकाका लागि भारत–चीन मिलेर अघि बढ्नुपर्ने धारणा चिनियाँको छ। त्यही आधारमा भारतमा छलफल भएको र आसियान प्लस मुलुकमा उनीहरू अग्रसर रहेको सार्वजनिक भएको थियो।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले चीनको आन्तरिक समीक्षाबारे आफूहरूलाई औपचारिक जानकारी नभएको बताए। ‘भ्रमण कस्तो रह्यो रु त्यसपछि के भयो रु आन्तरिक छलफल गरे होलान्। तर, बाहिर आएको छैन’, उनले भने, ‘हामीलाई त्यस्तो विषय भन्ने कुरा पनि भएन।’

चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग चिनियाँ अधिकारीले भ्रमण सफल पारिदिन सहयोग गरेकोमा धन्यावाद दिएको बताइएको छ। उपप्रधानमन्त्री चीन पुग्नुलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ। रक्षामन्त्री चिनियाँ समकक्षी वे फेङको निमन्त्रणामा चीन गएका हुन्। रणनीतिक साझेदारी आर्थिक–सामाजिक विकासका निम्ति गरिएको भनिए पनि कतै सैन्य र राजनीतिक सहकार्यमा परिणत हुने त होइन भन्ने आशंका अन्य राष्ट्रको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक साझेदारी सैन्य गठबन्धन नभएको स्पष्टीकरण दिइरहँदा रक्षामन्त्रीको चीन भ्रमण र सैन्य अधिकारीसँगको वार्र्ता पेचिलो बनेको छ। चीनसँग शिक्षा, स्वास्थ्य, विकास र आर्थिक साझेदारीका विविध पाटोमा छलफल बढिरहेको छ। उपप्रधानमन्त्रीको भ्रमणलाई रक्षा मन्त्रालयले संयोग मात्र भन्दै बचाउ गरेको छ। चिनियाँ रक्षामन्त्री वेसँग वार्तापछि उनी नवौं सियाङसाङ फोरममा सहभागी हुनेछन्।

चीनले नेपालमा ‘विस्तृत साझेदारी’लाई ‘रणनीतिक साझेदारी’को उचाइमा पुर्‍याउने प्रसंगबारे सरकारले कहिले शब्दावलीको प्रयोग त कहिले विकासको अर्को पाटोका रूपमा आएका धारणा भनेर आफैं अलमलमा परेको पूर्वराजदूत डा। दिनेश भट्टराईले बताए। प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सीको भ्रमण सम्बन्ध विस्तारमा कोसेढुंगा बनेको बताइरहँदा रणनीतिक सहकार्यबारे छलफल हुनु झन् अर्थपूर्ण रहेको धारणा उनको छ।

सरकारले चीन र भारत दुवैसँगको सम्बन्धलाई रणनीतिक साझेदारीमा अघि बढाउने बताएको छ। सी भारतपछि नेपाल भ्रमणमा आएका थिए। विश्लेषक हरि शर्माले भित्री छलफलका विषयमा चनाखो हुनुपर्ने बताए। ‘चीन दीर्घकालीन सोचसहित अगाडि बढ्छ, हाम्रा नेताले कुन ढंगले सोच्छन् त्यो छर्लंग छ’, उनले भने। भारत र चीनबीच नेपाल प्लस वानका रूपमा रहनुपर्ने चर्चा चलिरहँदा नेपालले त्रिदेशीय सहकार्यमा जोड दिनुपर्ने उनको सुझाव छ।

प्रधानमन्त्री ओली र दाहालले नेपाल सार्वभौम मुलुक भएकाले बराबरीको हैसियतमा सहकार्य हुनुपर्ने धारणा व्यक्त गरेका छन्। सरकारले भारत र चीनसँग ‘सार्वभौम समानता’का आधारमा मित्रता अगाडि बढेको बताएको छ। अमेरिकी रणनीतिका विषयमा चर्चा चलिरहँदा सरकारले मुलुकपिच्छे फरक सम्बन्ध र नीति रहने स्पष्ट पारेको छ। नेपाल सधैं असंलग्नता र स्वतन्त्रताको कडीमा उभिएको धारणा सरकारको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending