डालस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् ।
उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् ।
जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले जानकारी दिएको छ ।
यस आक्रमणका क्रममा अमेरिकी नागरिकको एक थोपा रगत पनि नबगेको भन्दै राष्ट्रपति ट्रम्पले सिरियाका सन्दर्भमा आफ्नो रणनीति सफल भएको बताए ।
यसअघि राष्ट्रपति ट्रम्पले टर्की र कुर्दहरूका लागि यो महान दिन भएको भन्दै यस आक्रमण स्थगित गर्न सहमति गरेको घोषणाको पनि प्रशंसा गरेका थिए ।
‘अहिले पाँच दिनका लागि युद्धविराम भएको छ,’ ट्रम्पले संवाददाताहरुसँग भने । उपराष्ट्रपति माइक पेन्सले अङ्काराले आफ्नो सैनिक कारबाही रोक्न सहमति जनाइसकेको बताएका छन् ।
तर सम्झौतामा स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकूहरुले सिरिया–टर्की सीमा क्षेत्र छाड्नुपर्ने शर्त राखिएको छ ।
अमेरिकाको टेक्सास शहरमा आयोजित निर्वाचन ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले यो अमेरिकाको लागि महान दिन भएको पनि दाबी गरे ।
उनको भनाई थियो– यो टर्कीका लागि महान दिन हो, कुर्दहरुको लागि पनि महान दिन हो र सभ्यताका लागि पनि महान दिन हो ।
टर्कीले सीमावर्ती सिरियाली भूभागमा भिषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुगेका थिए । उनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गरेका थिए ।
सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ ।
त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले चासो व्यक्त गरेको थियो । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको बारेमा छलफल भएको थियो ।
बुधबारको सो बैठकमा सुरक्षा परषदका सदस्य राष्ट्रहरुबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।
उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुन सक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताए ।
इस्लामिक स्टेट्स विरुद्धको लडाईंमा कुर्दहरु सँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको यस इलाका कुर्दिश लडाकूको नियन्त्रणमा रहेको छ ।
टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै गरेको छलफलमा उत्तरी सिरियामा यस आक्रमणका कारण मानवीय सङ्कट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेको थियो । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: