Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेकि छिन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन् ।

“पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताउनुभयो ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यो संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीसम्बन्धी नयाँ ऐन र नागरिकता ऐनलाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको बताउनुभयो । उहाँले आगामी दिनमा गैरआवासीय नेपालीलाई ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले आआफ्नो जीवनयात्रा, बाध्यता र परिस्थितिले संसारको जोसुकै कुनामा छरिएर रहेका भए पनि सबै नेपाली एकै परिवार भएको उल्लेख गरिन् । उनले देश बाहिर बसेका र देशभित्र रहेका निरन्तर सम्पर्क, आवतजावत, सहयोग, सहकार्य हुनुपर्नेमा जोड दिइन् । उनले एनआरएनको भूमिका नेपाल र नेपालीको परिचय, पहिचान र उन्नतिमा मात्र सीमित नभई नेपाल र विश्वलाई भाइचारा र सद्भावनामा जोड्ने पनि हो भनिन् । विश्वशान्तिका अग्रदूतको पवित्र जन्मभूमिसँग गहिरो सम्बन्ध भएका गैरआवासीय नेपालीहरुले सहिष्णुता, करुणामैत्रीको सन्देशलाई बलियोसँग आत्मसात् गर्दै उनले विश्वमा सद्भावना दूतका रुपमा प्रस्तुत गर्नुपर्दछ भनिन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending