Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

राष्ट्रपतिको सीको भ्रमणः लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु दुई दिनअघि दिएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो ।

राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ ।

यसको प्रमुख कारण करीब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फा हियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेर संयुक्तरूपमा बौद्ध धर्मका शास्त्रपद अनुवाद गरेका भन्दै बुद्ध धर्मको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । उनको यस्तो सन्देशले नेपाल र चीनबीचको हजारौँ वर्ष पुरानो सम्बन्धको महत्वलाई थप उजागर गरेको स्पष्ट देखिन्छ ।

यसका साथै राष्ट्रपति सीले महान् भिक्षु हुएन साङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको वर्णन आफ्नो यात्रावृत्तान्त लेखेको समेत उल्लेख गरेका छन् । उनले लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको र हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकअर्काको देश भ्रमण गरेको स्मरण गरेका छन् । राष्ट्रपति सीले भ्रमण अघि दिनुभएको सन्देशमा चीन–नेपाल पहाड र नदीले जोडिएका युगौँदेखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन् ।

चिनियाँ राष्ट्रपतिको आजदेखि शुरु हुने नेपाल भ्रमणले विशेष महत्व राख्ने भएकाले उनको भ्रमणको चर्चा उत्सर्गमा पुगेको हो । राष्ट्रपति सी चिनफिङले गर्ने राजकीय भ्रमण नेपालका लागि गर्वको विषय बनेको छ । यो भ्रमण नेपाल र चीन दुवै देशका समाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध थप अभिवृद्धि गर्न महत्वपूर्ण मानिएको छ ।

उनको यो सन्देशले चिनियाँका लागि पर्यटकीय, औद्योगिक र व्यावसायिक लगानीको प्रमुख छनोट नेपाल बन्ने अपेक्षासमेत गरिएको छ । प्रदेश नं ५ मा त्यसमा पनि लुम्बिनीप्रति चिनियाँको चासो बढ्दो छ । प्रदेश नं ५ को विकासका लागि चिनियाँको यस क्षेत्रमा भ्रमण र प्रदेशका विभिन्न तहका व्यक्तिको चीनमा भ्रमणका कार्यक्रम र अनुभव आदानप्रदान बढ्दो अवस्थामा रहेकाले पनि चिनियाँ यस क्षेत्रप्रति आकर्षित रहेको मान्न सकिन्छ ।

प्रदेश सरकारको तर्फबाट करीब दुई महीनाअघि मात्र चिनियाँ सरकारको निमन्त्रणामा विभिन्न प्रान्तको भ्रमणबाट फर्केका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँसँगको छलफल र अन्तक्र्रियामा उनीहरुको लुम्बिनीमा लगानी गर्न निकै आकर्षित रहेको बताउछन् ।

उनले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रमा होटल, व्यवसायमा चिनियाँ लगानी भित्रिने र यसका लागि प्रदेश सरकारको तर्फबाट लगानीको वातावरणका लागि आवश्यक वातावरण निर्माण गरिने बताए । प्रदेश सरकारले उनीहरुलाई लुम्बिनी क्षेत्रमा धार्मिक, पर्यटन प्रवद्र्धनमा लगानी बढाउन आह्वान गरेको उनी बताउछन् ।

लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको तथ्याङ्क हरेक वर्ष बढ्दो छ । चिनियाँ बुद्ध धर्म र लुम्बिनीप्रति निकै नै प्रभावित भएकाले उनीहरुको गन्तव्य लुम्बिनी हुने गरेको छ । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म १०५ देशका एक लाख नौ हजार ८९ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यसमध्ये चिनियाँको सङ्ख्या १३ हजार ७९५ रहेको छ । यो सङ्ख्या लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकको तथ्याङ्कमा चौथो स्थानमा रहेको देखिन्छ ।

लुम्बिनी आउने पर्यटकको सङ्ख्या वार्षिक करीब २४ हजारभन्दा बढी छ । पर्यटक आगमनका हिसाबले यो सङ्ख्या तेस्रो वा चौथो स्थानमा रहे पनि चिनियाँ पर्यटकको खर्च गर्ने क्षमता बढी रहने गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराई बताउछन् ।

लुम्बिनीको विकासका लागि चिनियाँको चासो बढ्दै गएको छ तर सरकारका तर्फबाट समन्वय र कार्यान्वयमा अलमल जस्तो अवस्थाले चिनियाँ लगानी सोचे जस्तो अझै भित्रिन नसकेको उनको बुझाइ छ ।

सीको नेपाल भ्रमण र यसअघि उनले दिएको सन्देशमा लुम्बिनीको महत्वमा देखाउनुभएको चासोले लुम्बिनीले पर्यटन विकासमा ठूलो उपलब्धि हासिल गरेको बताउछन् ।

नेपाल भ्रमणअघि राष्ट्रपति सीले दिनुभएको सन्देशमा चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दै र अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने भ्रमण वर्ष २०२० प्रदेश नं ५ का सहसंयोजक पर्यटन व्यवसायी माधव नेपाल बताउछन् ।

ठूला र शक्तिशाली राष्ट्रका राष्ट्रपतिबाट भ्रमण वर्षमा आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने सन्देश दिनुले नै भ्रमण वर्षका लागि सुखद् र सकारात्मक भएको उनको भनाइ छ । योसँगै लुम्बिनी प्रति राष्ट्रपति सीको सन्देशले आगामी दिनमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुखद् हुने अपेक्षा गर्न सकिने सहसंयोजक नेपाल बताउछन् ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा अब हामीले लगानी गर्ने र बाह्य लगानी भित्र्याउने र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको भन्दै वातावरण बन्नसकेमा लगानीको कुनै समस्या उहाँ बताउनुहुन्छ ।

नेपालको उत्तरी छिमकी देश चीनका राष्ट्रपतिको आजदेखि हुने नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउनेसँगै नेपालको आर्थिक विकास, बुद्ध धर्मको प्रचारप्रसार भइ यहाँको पर्यटन प्रवद्र्धनमा यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending