Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली, चिटिक्कै भयो काठमाडौं

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आज आउन लागेका छन् जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागतको भव्य तयारी गरिएको उल्लेख गर्दै मुलुक विकासको मार्गलाई तीव्रता दिँदै अगाडि बढिरहेका बेला हुन लागेको भ्रमण ऐतिहासिक हुने विचार व्यक्त गरेका छन् ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य लालकाजी लामाले फेसबुकमा स्टाटस राख्दै भनेका छन्, “अतिथि सत्कार हाम्रो संस्कार हो, चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणमा आज नेपाल आउँदै छन्, उनको स्वागतमा नेपाल सरकार र सम्पूर्ण नेपाली लामबद्ध छौँ, स्वागतम्, स्वागतम्, स्वागतम् ।”चितवनकी सङ्गीता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छन्, “अतिथि देवोः भवः, छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई नेपालमा हृदयदेखि नै स्वागत छ ।”

आम नोपलीको आशाअनुसार नै भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण परियोजनामा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यवसायी कृष्ण ढुङ्गानाले पनि चिनियाँ राष्ट्रपतिलाई ‘हट्ली वेलकम टु नेपाल’ भन्दै सगरमाथाको देश, बुद्ध भूमिको देश र असल छिमेकीको नाता जोड्दै दुवै देशका राष्ट्रपतिको तस्वीर राखेर सामाजिक सञ्जालबाटै भ्रमणको स्वागत गरेका छन् ।

अहिले भारतमा रहेका राष्ट्रपति सी विशेष विमानबाट आजै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छन् । उनले आजै नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने उनको सम्मानमा होटल सोल्टीमा राजकीय भोजको आयोजना गरिएको छ ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक वार्ता हुनेछ । उनीहरुको समुपस्थितिमा विभिन्न विषयमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । राजकीय भ्रमणका क्रममा उहाँले विभिन्न राजनीतिक नेतासँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरण गर्ने बताएका छन् ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रासससँग कुरा गर्दै दुई देशको सम्बन्ध युगौँ पुरानो रहेको र चीनका सामु सम्भावनैसम्भावना भएकाले चीनले जुन आर्थिक प्रगति गरिरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्ने आशा व्यक्त गरे । उनले यो भ्रमण ऐतिहासिक हुने उल्लेख गरे ।

विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले पनि भ्रमणलाई ऐतिहासिकको संज्ञा दिँदै आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै स्वागतको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँमा भव्य तयारी गरिएको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने विदेशी विशिष्ट पाहुनाको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

यसरी सिँगारिएको छ काठमाडौँ

‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मित्रता’, ‘नेपाल चीन मित्रता विशाल गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ ।’ चिटिक्क सिँगारिएको काठमाडौँको सडकमा बनाइएको विभिन्न स्वागत गेटमा उक्त नारा लेखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ । ढकमक्क फुलेको फूलले विमानस्थलको शोभा नै बढाइदिएको छ । विमानस्थलकै मूल गेटमा उनको स्वागतका लागि स्वागत द्वार निर्माण गरिएको छ ।

तीनकुने पार्कलाई फूलको बगैँचाले सजाइएको छ । यहाँको स्वागत द्वारको दुई छेउमा नेपाल र चिनियाँ राष्ट्रपतिको फोटो राखिएको छ । माथिल्लो भागमा पशुपतिनाथ, स्वयम्भूको तस्वीर छ । यहाँ राखिएको डिस्प्ले बोर्डमा पाटे बाघ, गैँडा, पाण्डाका तस्वीर छिनछिनमा देख्न सकिन्छ ।

नेपालका राष्ट्रपति भण्डारी चीनको भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँग भएको भेटघाट, उनको स्वागत र सम्मान गरिएका सुन्दर तस्वीर प्रदर्शनमा छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग हात मिलाउँदै गरेको फोटो पनि छ । ग्रेटवाल र चिनियाँ आकर्षक शैलीका संरचना यहाँ देख्न सकिन्छ ।

लुम्बिनीको मायादेवी मन्दिर, पशुपतिनाथ, स्वयम्भू, जानकी मन्दिर, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी, फेवातालको तस्वीर प्रदर्शनमा राखिएको छ । सडकको दायाँबायाँ खम्बामा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर लहरै राखिएको छ । ठाउँठाउँमा नेपाली र चिनियाँ झण्डा प्रदर्शन गरिएको छ । सडकका विभिन्न क्षेत्रमा फ्लेक्समा नेपालका सुन्दर ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको फोटो राखेर आकर्षक बनाइएको छ ।

काठमाडौँको माइतीघर झिलिमिली बनाइएको छ । माइतीघर मण्डल रङरोगन गरी सुन्दर बनाइएको छ । सडकहरु चिल्ला पारिएका छन् । ट्राफिक सङ्केतलाई दुरुस्त पारिएको छ । उनको स्वागतका लागि सरकारी कर्मचारी, विद्यार्थीदेखि आम नागरिक प्रतीक्षारत छन् । सरकारी कर्मचारीले राष्ट्रिय पोशाकमा सजिएर सीको स्वागतको तयारी गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending