काठमाडौं । यौन दुराचारको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएपछि सभामुखको लागि दलहरुबीच रस्साकस्सी चलिरहेको छ । संविधानको धारा ९१ को उपधार २ मा भएको व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने बाध्यता छ ।
तत्कालिन अवस्थामा एमाओवादी केन्द्रको भागमा परेको सभामुख पार्टी एकतापछि दुवै पद नेकपाले लिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको मर्मअनुसार दुवै पद एउटै दलले नपाउने भन्दै विरोध जनाउँदै आएको छ ।
सभामुख कसले पाउने भन्ने कुनै निश्चित छैन । दशैंको विदाको अवसरमा दलका नेताहरु एउटा निस्कर्षमा पुग्लान् । संविधानतः दुवै पद एउटै दलले नपाउने भएपछि सरकारको नेतृत्व गरिरहेको दल नेकपाले उपसभामुख अर्को दललाई दिएर सभामुख आफ्नो पक्षमा राख्ने रणनीतिमा छ । अनुभव र क्षमताको हिसावले नेकपाभित्र पूर्व सभामुख सुवाचन्द्र नेम्वाङ र ओनसरी घर्तीमध्ये एकलार्ई सम्भावित सभामुखकोरुपमा हेरिएको छ ।
तर, पूर्व सभामुख सुवासचन्द् नेम्वाङ सभामुखको रिङमा आफु नरहेको बताएका छन् । खबर डबलीसँग संक्षित कुराकानी गर्दै पूर्व सभामुख नेम्वाङले भने–‘ऐतिहाँसिक संविधानसभाको जिम्मेवारी पुरा गरी आएकोले सभामुखमा दोहोरिन चाहन्न । पार्टीभित्र थुप्रै साथिहरु सभामुखको लागि सक्षम छन् । अब नयाँलाई अवसर दिनु पर्छ ।’ अहिले सभामुखको विषयमा पार्टी भित्र कुनै छलफल नभएको जिकिर गर्दै संवैधानिक व्यवस्थालाई ख्याल राखि छिट्टै यस विषयमा निष्कर्षमा पुग्ने बताए ।
अर्का पूर्व सभामुख ओनसरी घर्तीले सभामुखको लागि आफु लालायित नभएको भन्दै नयाँलाई अवसर दिनुपर्नेमा जोड दिएकि छिन् । खबर डबलीसँग कुरा गर्दै उनले पहिला बाध्यकारी अवस्थामा सभामुख भएको भन्दै सभामुखकाे दाैडमा नरहेकाे बताइन् । तर, पार्टीले जिम्मेवारी दिएकाे अवस्थामा अाफु पछि नहट्ने घर्तीले बताइन् ।
यदि नेकपाले सभामुख पाउने अवस्था भएमा नेकपाका पुरानै अनुहार दोहोरिन्छन् वा नयाँ अनुहार आउँछन् । यसको लागि पार्टीको निर्णय कुर्नुपर्ने हुन्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: