Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

महरा प्रकरण नयाँ मोडमा, प्रहरीले भन्यो - जुनसुकै बेला अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छौं

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ। जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ मोड देखिएको हो। पति–पत्नीले नै सम्बन्ध विच्छेदको घोषणा गरे पनि अदालती प्रक्रिया भने सुरु भएको छैन। अदालतबाट कानुनी प्रक्रिया पूरा नहुँदासम्म सम्बन्ध विच्छेद भएको मानिँदैन। प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुव्र्यवहार नभएको

आजको नागरिक दैनिकमा खबर छ - उक्त प्रकरणलाई लिएर प्रहरीले सबुद प्रमाण संकलन गरिरहेका बेला रोशनीले आफू डिप्रेसनको बिरामी भएको तथा आवेशमा आएर महरालाई आरोप लगाएको बताएकी थिइन्। प्रहरीले सबुद प्रमाण संकलन गरेर राखे पनि उनले उजुरी नदिएकाले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन। पीडितले उजुरी नदिएपछि अनुसन्धान गर्न अप्ठेरो भइरहेको प्रहरीले जनाएको छ। संकलित सबै सबुद सुरक्षित रहेको प्रहरीको भनाइ छ । ‘हामी जुनसुकै बेला अनुसन्धान प्रक्रिया अघि बढाउन सक्छौं,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसकारण प्रमाणहरू सुरक्षित राखिएका छन्।’

महरामाथि यौन दुर्व्यवहार वहारको आरोप लगाउने महिलाको अन्तरवार्ता तथा त्यससम्बन्धी समाचार प्रकाशन गर्ने सञ्चारकर्मी अजयबाबु सिवाकोटीले असुरक्षाको महसुस गरेपछि सतर्कताका लागि प्रहरीलाई जानकारी गराइएको छ।

महरासम्बद्ध दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई अनुशासनको कारबाही गर्ने संकेत गरे पनि प्रक्रिया अघि बढाइसकेको छैन। उनको चरित्रमा दाग लागेपछि बसेको नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि महराले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन्। उनले पार्टीको निर्देशनसमेत उल्लंघन गरेका कारण उनीमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे कार्यकर्ताले चासोसमेत राखेका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending