काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ।
‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’
संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’
प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वा्चित भएका थिए। तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
यस्तो छ अभ्यास
नयाँ संविधान जारी भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकापसमा राजीनामा साटासाट गरे। सभामुखले उपसभामुख र उपसभामुखले सभामुखसमक्ष राजीनामा दिने संसद् नियमावलीको व्यवस्थाअनुसार एकैसाथ दुवै जनाले राजीनामा साटासाट गरेका कारण त्यतिबेला राजीनामाको प्रक्रिया विवादमा परेन। दुवै जनाले राजीनामा दिएपछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे। संसद् सचिवालयले सभामुख र उपसभामुखको नयाँ प्रक्रिया सुरु गर्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: