भीमदत्तनगर । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् । भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन् । “छोरा÷छोरी घरपरिवारसित दशैँ मनाउन १५ दिनको बिदा लिएर आएँ”, गड्डाचौकी नाकामा भेटिएका बैतडीका गोरख चन्दले भने, “चाडपर्व परिवारसित भेटघाटको एउटा बहाना पनि हो ।” उनले आफू १७ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएको बताए। “पहिलेको भन्दा अहिले अटो, बस, ई–रिक्सामा यो नाकाबाट आवतजावत गर्न सहज महसुस गरेँ”, उनले भने, “भारतीय बसपार्कमा घर फर्किने नेपालीको अत्यधिक चाप छ ।”
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताए । “हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ”, उनले भने, “यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ ।” उनले चाडपर्वलाई लक्ष्य गरी एक साताअघि गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दुई नेपाली लुटिएर आएको जानकारी प्राप्त भएको बताए ।
“पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ”, उनले भने, “यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।” उनले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताए । “सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ”, चन्दले भने ।
नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन् । “पहिले अटो र रिक्सा चालकले यात्रुबाट बढी रकम असुल्ने र दुःख दिने गरेका थिए”, संयुक्त सहायता कक्षमा भेटिएका एसएसबीका जवान केवी सिंहले भने, “अहिले सहायता कक्ष खुलेपछि बढी भाडा लिने क्रम ह्वात्तै घटेको छ ।”
उनले केही व्यक्तिले बढी भाडा असुलेको खबर यात्रुले सहायता कक्षमा जानकारी गराएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशबाट झण्डै डेढ लाख मानिस रोजगारीका लागि भारत गएको तथ्याङ्क छ । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका सुदूरपश्चिम प्रदेशका दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०।१४ प्रतिशत रोजगारीका लागि गएको तथ्याङ्क छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: