सुर्खेत । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताउनुभएको छ । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको रासससँगको कुराकानीमा उनले बताए । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका लागि पत्रकार, कर्मचारी, राजनीतिक दल र नागरिक समाजको सहयोग पनि अपरिहार्य छ ।”
“यतिबेला नेपालीको महान् पर्व दशैँ तथा तिहार नजिकिँदै छ । त्यस अवधिका लागि शान्तिसुरक्षा योजना बनाउँदै छौँ,” उनले बताए, “चाड पर्वको समयमा बढी निगरानी राख्नुपर्ने भएकाले यहाँका गाउँ तथा नगरमा प्रत्येक टोलटोलमा हरेक दिन आठ वटा प्रहरी टोली खटाइने छ ।”
घरेलु मदिराका कारण आपराधिक घटना हुने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका सबै प्रहरी एकाइलाई निर्देशन दिइएको जनाउँदै प्रहरी प्रमुख पन्तले भने, “सुर्खेतमा अब गुण्डागर्दी हुँदैन । यस्ता आपराधिक कार्य नियन्त्रणका लागि फरक रणनीति अपनाएका छौँ ।” नेपाल पत्रकार महासङ्घ सुर्खेत जिल्ला शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले दशैँमा अवैधरुपमा सञ्चालन हुने जुवातास र साँघुरा सडकका कारण हुने दुर्घटना नियन्त्रणमा प्रहरी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । प्रहरी निरीक्षक कृष्ण केसीले अपराधको मुख्य जड मदिरा र लागू औषध भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए ।
चाडपर्वको समयमा राजमार्ग र यसका वरपर बढी आपराधिक गतिविधि हुनसक्ने भएकाले राजमार्ग क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिने उनले जनाए । आत्महत्याका घटनामा कमी ल्याउन जनजागरणको अभियान सञ्चालन गरिने र त्यसका लागि सबै सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने प्रहरी निरीक्षक कृष्ण केसीको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: