भद्रपुर । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् ।
उनीहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राखेका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेल बताउछन् ।
उनीहरुको फार्ममा बेमौसमी लहरे तरकारी खेती लहलहाएको छ । यसैबाट दुवै मिहेनती भएको पुष्टि हुन्छ । तरकारी बेचेर वार्षिक रु १८ लाख नाफा हुने भाञ्जा निर्मल अधिकारी बताउछन् । शुरुमा फार्म खोल्दा आठ कठ्ठा जमीन लिजमा लिएको र मनग्यै आम्दानी दिन थालेपछि हाल १२ बिघा थप जग्गा लिजमा लिएर तरकारीको व्यावसायिक खेती गरिरहेको उनीहरु बताउछन् ।
मामा भाञ्जा फार्ममा जुनसुकै मौसममा करेला, बोडी, काक्रा र टमाटर लटरम्म फलेका हुन्छन् । ‘पानी जम्ने तीन बिघामा धान फलाउँदैछौँ”, कृषि कर्मबाट सन्तुष्टि मिलेको जनाउँदै भक्तबहादुर भुजेल भन्छन्, “धान काटेपछि त्यहाँ फेरि टमाटर लगाउँछौँ ।”
उत्पादन भएको तरकारीको बजारमा समस्या छैन । नजिकको विर्तामोड, शनिश्चरे, चारपाने, चारआलीलगायतका बजारमा तरकारी खपत हुने गरेको छ । बोडी प्रतिकिलो रु ६०, करेला रु ५० देखि ६० र काक्रा रु ४५ मा विर्तामोडस्थित कृषिथोक बजारमा लगेर बेच्ने गरिएको उनले बताए ।
मामा भाञ्जा फार्ममा यतिबेला एक बिघामा काक्रा, डेढ बिघामा करेला र आठ कठ्ठामा बोडीले धमाधम आम्दानी दिइरहेको छ । बाँकी जग्गामा बिरुवा हुर्किरहेका छन् । फार्ममा काम गर्नका लागि स्थानीय १५ युवाले रोजगारीसमेत पाएको बताउँदै फार्म सञ्चालक अधिकारी भन्छन्, “अर्काको मुलुकमा गुलामी गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु धेरै जाति ।”
अर्जुनधारा नगरपालिकाले परिश्रमी किसान अधिकारी र भुजेललाई औजार खरीदमा गत आर्थिक वर्षमा रु ६० हजार अनुदान दिएको थियो । अधिकारी नगरपालिकाले किसानबाट उत्पादित तरकारी बेच्न बिक्रीकक्ष खोलिदिने हो भने विचौलियाबाट जोगिन सकिने बताउनुहुन्छ । मामा र भान्जाले मज्जाले कृषि फार्म चलाएको देखेर अर्जुनधारा–५, ८ र ११ मा डम्बर चौधरी र उनका भाइले ‘दाजुभाई कृषिफार्म’ भर्खरै स्थापना गरेका छन् ।
उनीहरुले सय हेक्टर जग्गा लिजमा लिएर प्रधानमन्त्री कृषि परियोजना विकासअन्तर्गत तरकारीको पकेट क्षेत्र नै तोकेर काम शुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए । आधुनिक प्रविधिबाट गरिने तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्रले यस परियोजनालाई रु २५ लाख अनुदान प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: