Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

बागलुङ । आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ ।

अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् ।

दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

“बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीवासीले पनि शिविरबाट लाभ लिनेछन्”, उनले भने, “दक्ष र अनुभवी चिकित्सकबाटस्तरीय सेवा प्रदान गर्दैछौँ ।” शिविरमा दन्त, आँखा, मुटु, हाडजोर्नी, नाक, कान, घाँटी र स्त्री रोगसम्बन्धी रोगका बिरामीको निःशुल्क जाँच तथा उपचार गरिनेछ ।

शिविरका लागि ताइवानबाट विशेषज्ञसहित ३५ जनाभन्दा बढी स्वास्थ्यकर्मी बागलुङ आउने भएका छन् । शहीद गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँ र पोखराका विशेषज्ञ चिकित्सकले पनि ताइवानीसँग मिलेर सेवा प्रदान गर्नेछन् । शिविरमा एक सय बढी स्वास्थ्यकर्मी र २५० जना स्वयंसेवक परिचालन हुने भएका छन् ।

शिविर सञ्चालनमा रु सात लाख खर्च हुने अनुमान गरिएको रोटरी क्लब बागलुङका अध्यक्ष ओमप्रकाश पौडेलले बताउनुभयो । “विभिन्न कारणले उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो”, उनले भने ।

शल्यक्रिया र थप उपचार गर्नुपर्ने बिरामीका लागि पनि निःशुल्क सेवाका लागि सहजीकरण गरिने आयोजकले जनाएका छन् । रोटरी क्लबकै विशेष पहलमा ताइवानका चिकित्सक शिविरका लागि बागलुङ आउन लागेका हुन् ।
ताइवानका चिकित्सकले शिविरमा सेवाका अतिरिक्त केही स्वास्थ्य उपकरणसमेत अस्पताललाई उपलब्ध गराउने भएका छन् । शिविरले धवलागिरि अञ्चल अस्पतालको सेवाप्रति सर्वसाधारणको विश्वास बढ्ने ठानिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending