Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अब बञ्चरेमा काठमाण्डौको फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

\'पाँच हजार रोपनी जग्गा अधिग्रहण गर्न माग\'

काठमाडौं । धादिङ र नुवाकोट सिमानास्थित बन्चरे क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - सरकारले मंसिरदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले यस्तो चेतावनी दिएका हुन्।

शहरी विकास तथा भवन निर्माण विभागले बन्चरे डाँडा ल्यान्डफिल साइटको एक दर्जनभन्दा बढी संरचना निर्माण गरिरहेको अवस्थामा स्थानीयले आफ्नो माग पूरा गर्न नसकेको भन्दै फोहोर रोक्ने चेतावनी दिएका हुन्।

स्थानीय श्रीराम ढुंगानाले १३ गाउँको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे बन्चरे ल्यान्डफिल साइटको सबै काम रोक्ने बताए ।

उनले भने– ‘पटक–पटक वार्ता गर्यौ, हाम्रो कुराको सुनुवाइ भएन, जबसम्म बन्चरे ल्यान्डफिल साइटका प्रभावित जनताको स्वामित्वमा रहेको जग्गा अधिग्रहण गरिँदैन तबसम्म बन्चरेको काम रोक्छौं, अनि सिसडोलमा फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’

सरकारले ऐलानीसहित बन्चरेडाँडा ल्यान्डफिलका लागि करिब एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। सोहीअनुसार सरकारले बन्चरेडाँडामै फोहोर व्यवस्थापन गर्ने तयारी थालेको छ।सरकारले करिब एक अर्ब रुपियाँ खर्च गरेर बन्चरे ल्यान्डफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending