तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको हो ।
केन्द्रका वरिष्ठ प्राविधिक डा शिवहरि घिमिरेले उक्त वर्ष २०० बाख्रा उत्पादन गर्ने लक्ष्य रहे पनि २३७ वटा बाख्रा उत्पादन भएको जानकारी दिए । घिमिरेका अनुसार उत्पादन भएका बाख्रामध्ये १२७ पाठा र ११० वटा पाठी रहेका छन् । “लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएका छौँ”, घिमिरेले भने, “यो केन्द्रको सफलता हो ।”
चालू आर्थिक वर्ष २०७६÷७७ मा केन्द्रले २९० वटा बाख्रा उत्पादन गर्ने लक्ष्य राखेको छ । “यही वर्ष ८० बोयर जातको बोकासमेत उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, घिमिरेले भने । गत आर्थिक वर्षमा उत्पादित बाख्रामध्ये ११३ पाठी प्रजननयोग्य रहेका छन् ।
घिमिरेले अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको बताए । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको घिमिरेले जानकारी दिए । “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”
केन्द्रमा हाल विभिन्न जातका ४९७ बाख्रा रहेका छन् । जसमा १७० माऊ छन् भने बाँकी बोका र पाठापाठी रहेको केन्द्रले जनाएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले प्रदेशका विभिन्न पाँच स्थानमा स्रोत केन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित बरादी र भानु नगरपालिकास्थित बरभञ्ज्याङ, गोरखाको बकान, स्याङ्जाको पेकुठाना र नवलपुरको नयाँबेलहानीमा स्रोत केन्द्र स्थापना गरी बाख्रा उत्पादन हुँदै आएको छ ।
कर्मचारी अभावका कारण केन्द्रले सोचेअनुरुपको प्रगति गर्न नसकेको बताइएको छ । कूल २५ कर्मचारीको दरबन्दी रहेको केन्द्रमा नौ जना मात्रै कर्मचारी कार्यरत छन् । “दरबन्दीभन्दा १६ जना कम कर्मचारीको भरमा केन्द्र चलेको छ”, घिमिरेले भने ।
अनुसन्धान केन्द्रमा कर्मचारीबाहेक बाख्राको रेखदेख, बाख्रा चराउन, घाँस काट्नका लागि तीस जना कर्मचारी ज्यालादारीमा राखिएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ ।
देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वन विज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रको मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: