Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

के हामी निदाएका हौं ?

\"Rabindraआठ जिल्लाका ५४ गाउँमा ठूला ५४ र साना १८ वटा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेपछि बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको क्षेत्रमा दीर्घकालीन रुपमा काम गर्ने योजना बनाउँदै छु । मलाइ लाग्यो हामी चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, विद्यालय, सरकार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरु पूर्णत फेल भएका छौं । विकट गाउँका बालबालिका ननुहाएर मयलका पत्रहरु जमेका, बाह्रै महिना लुतोले ग्रस्त, अविरल सिंगान, लामखुट्टे तथा अन्य किराले टोकेका घाउ, पाकेका कान, कहिल्यै नधोएका फाटेका कपडा, फोहोर खाना र दुषित पानीको सेवन आदिको कारण कुपोषण र रोगका बाह्रमासे सिकार भइरहेका छन् । स्वास्थ्य संस्थाले सरसफाई सिकाउँदैनन्, विद्यालयले सरसफाई बारे चासो राख्दैनन् । दुर्गमका कुरा मात्र होइन यही वागमती अंचलका गाउँमा गए हृदयविदारक बिम्ब पाइन्छ । आजको २१ औं शताब्दीमा पनि हाम्रो हालत प्राचिन युगको भन्दा दयनीय छ । नेताहरुलाई भोट भए पुग्ने, सरकारी र गैह्र सरकारी संस्थालाई नोट भए पुग्ने, बाउआमालाई रक्सी र चुरोट भए पुग्ने, कर्मचारीलाई भरिएको कोट भए पुग्ने, दाताहरुलाई पैसा असुल्ने बोट भए पुग्ने, मिडियालाई ध्वंश र चोट भए पुग्ने । के कसैको जिम्मेवारी छैन निस्स्वार्थ सेवा गर्न ? यस्तो बिपत्तिमा सलमान खानको जोडी को संग मिल्छ ? जुलियाले कहाँ मोडलिंग गरिन ? कुन कविले कुन बिम्बमा लेखेको कबिताले ताली पायो ? कुन खेलाडीले पौडी खेल्यो ? कुन फिल्म कस्तो छ ? रेस्लिंग्मा कसलाई चोट लाग्यो ? आदि समाचार पछि राखौं । अहिले विपत्तिका कुरा लेखौं, समाधानका उपाय प्रचार गरौँ, गाउँगाउँमा खटेका नायकलाई प्रेरित गरौँ, सरसफाई सम्बन्धी जनचेतना बिस्तार गरौँ । जे गरौँ, मनैदेखि गरौँ । हाम्रो धरातलीय यथार्थता के हो ( त्यो अनुसार गरौँ । मिडियाले मनैदेखि चाहेमा जनचेतनाको वर्षात हुनेछ । स्वास्थ्यकर्मी र शिक्षकले चाहेमा प्रत्येक गाउँमा चेतनाको लहर चल्नेछ, पार्टीहरुले चाहेमा एक महिने सरसफाई तथा पोषण अभियान चलाउन सक्छन् ।आफू सुकिलोमुकिलो भएर मात्र हुँदैन, हरेक व्यक्तिले आफ्नो गाउँ वा समाजलाई सुकिलो बनाऔं । मेरो अभियान अब बालबालिकाको सरसफाई, भएका रोग नियन्त्रण, अब रोग लाग्न नदिने उपायबारे चेतना बिस्तार, स्वास्थ्य सम्बर्धन र रक्षा गर्न पोषणको कार्यक्रम अनि अशिक्षारुपी अन्धकारबाट शिक्षाको उज्यालो प्रदान गर्नु  हुनेछ । एक्लै यो अभियान सबै ठाउँमा पुग्न असम्भब छ । जति सम्भव छ, मनैदेखि गर्नेछु । विकट गाउँमा जिरोबाट नै सुरु गर्नुपर्ने स्थिति छ । अब उप्रान्त कसैले कसैलाई पनि बिना ठोस् कार्यक्रम र बिना उपलब्धि (मिडियाको, सम्बन्धको, प्रचारको वा चिनजानको आधारमा ० आफ्नो पसिना बालुवामा नहालौं । जसले जे सकिन्छ, जहाँ सकिन्छ, जसरी सकिन्छ ( केहि गरौँ । हामीले एउटा रेस्टुरेन्टमा एकपटक तिर्ने बिल प्रत्येक महिना बालबालिकाको सरसफाई, पोषण, स्वास्थ्य र शिक्षामा अर्पण गरौँ । हामीले नबिर्सौं, हामी त्यो स्थानमा भएको भए ? आफ्ना बालबालिका त्यो स्थानमा भएका भए ? सानो सहयोग, सानो अभियानले ती अबोध बालबालिकालाई राष्ट्र तथा विश्वले गौरव गर्न लायक बनाउन सकिन्छ । राजधानी, सदरमुकाम, बजार, विकसित गाउँ मात्र हाम्रो देश होइन । (लेखक वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending