Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपाली निस्कासित

काठमाडौं । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ। नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो। शेर्पा दोलखाका स्थायी बासिन्दा हुन्। थापामगर काठमाडौं बस्थिन्। दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो। जापानी अध्यागमन सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई बुधबार काठमाडौं ल्याएका हुन्। शेर्पा र थापामगरलाई थाइ एयरको जहाजबाट काठमाडौं ल्याइएको हो।

नेपालस्थित जापानी दूतावास र काठमाडौंसम्म ल्याउने जापानी सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएका थिए।

नेपालस्थित जापानी दूतावासले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उनीहरूलाई निष्काशन गर्नुपर्ने स्पष्ट कारण खुलाएको छैन। यद्यपी, उनीहरू जापानमा ‘ओभर स्टे’ रहेकाले त्यहाँको अध्यागमनले पक्राउ गरेको हुन सक्ने स्रोतको दाबी छ।

जापानी दूतावासले जापानको अध्यागमन कानुन बमोजिम ती दुई नेपालीलाई निष्काशन गर्नुपरेको व्योहोराको पत्र अध्यामगनलाई बुझाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले जापानी अध्यागमनले दुई नेपालीलाई निष्काशन गरी पठाएको पुष्टी गरे। प्रमुख पौडेलले अन्नपूर्णसँग भने, ‘ओभर स्टे बसेका उनीहरूलाई जापानी अध्यागमन कार्यालयले पक्राउ गरी पठाएको हो। हामीले बुझेर उनीहरूलाई अआफ्नो घर पठाएका छौं।’

नेपालस्थित जापानी दूतावासले मंगलबार दुई नेपाली नागरिक निष्काशन गरिएको बारे अध्यागमन विभागलाई लिखित जानकारी गराएको थियो। विद्यार्थी भिसामा जापान जाने विद्याथीले पढ्न छाडेर शरणार्थी बन्ने प्रयास गर्न थालेपछि त्यहाँको अध्यागमनले नेपालीमाथि कडाइ गर्न थालेको छ। जापानमा झण्डै ८० हजार नेपाली अध्यायनसहित विभिन्न पेशारव्यवसायमा संलग्न छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending