Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १९.६९, होटल २४.२४, विकास बैंक १५.२९, जलविद्युत् १६।७४, वित्त ४.८९, निर्जीवन बीमा ५८.२५, उत्पादन २७।९३, अन्य ४.९४, लघुवित्त १९.४६, जीवन बीमा ६६.०८ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ८२ लाख ५२ हजार ३६८ कारोवार भएको हो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ७४ लाख ५१ हजार ८०४, सानिमा बैंक रु एक करोड १५ लाख दुई हजार २१४, लक्ष्मी बैंक रु ९९ लाख ३९ हजार, शिवम् सिमेन्ट रु ९३ लाख ६८ हजार ८५६, मेगा बैंक रु ९० लाख २० हजार ६८४ र रसुवागढी जलविद्युत् कम्पनीको रु ८८ लाख १२ हजार ९१० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ३.५१ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक ३.२३, नविल इक्विटी फन्ड २, नेशनल लाइफ इन्सुरेन्स १.८६, एभरेष्ट इन्सुरेन्स १.७९ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १।४५ प्रतिशतले कमाए ।

यस्तै बढी गुमाउनेमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । सो संस्थाका शेयरधनीले ८.३८ प्रतिशतले गुमाउँदा हिमालउन ऊर्जा विकास कम्पनी ६.०८, हिमालयन जनरल इन्सुरेन्स ५.५३, दिव्यश्वरी हाइड्रोपार ५.४५, स्ट्यान्डर्ड चार्टड बैंक ५.२७, र आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२० प्रतिशतले गुमाए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending