Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दाङका तीन पालिकामा मौरी ‘जोन’ कार्यक्रम शुरु

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ ।

दाङको जोन क्षेत्र निर्धारण समितिको छनोटको आधारमा र जनताको माग बढेपछि जिल्लामा मौरीको पनि जोन कार्यक्रम थपिएको हो । जिल्लामा लामो समयदेखि मह उत्पादन हुँदै आइरहेको छ भने दाङ जिल्ला मौरीपालनमा उपयुक्त पनि मानिन्छ । सोही कारण दाङमा यस वर्षदेखि मौरीको जोन कार्यक्रम शुरु गरिएको जोन निर्धारण समितिका संयोजक तिलबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र जिल्लाका पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिकालाई मौरीको जोन क्षेत्रको रूपमा निर्धारण गरिएको हो । उनले जिल्लामा मौरीपालक किसानले आफूले पालेको मौरी जुनसुकै ठाउँमा लगेर पनि पाल्न सकिने जानकारी दिए । त्यसकारण पनि दाङमा यहाँका किसानभन्दा पनि जिल्ला बाहिरबाट चरिचरनका लागि आउनेहरुले दोब्बर मह उत्पादन गरिरहेका छन् ।

परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आवद्ध गर्ने निर्णय गरेको छ । मौरी जोन कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले १० वर्षे कार्यक्रमको रूपमा जिल्लामा मौरीको जोन कार्यक्रम लागु भएको बताए । उनले मौरी जोन लागू भएको पहिलो चरणमा जिल्लामा मौरी जोनका रूपमा छनोट भएको क्षेत्रको थप अध्ययन गर्ने, मौरीपालक व्यवसायीको क्षमता विकास, सीप विकासमा जोड दिने, मौरी व्यवसायीलाई यान्त्रिकीकरणतर्फ जोड दिनका लागि मेसिन उपलब्ध क्षेत्र छनोट गर्नेलगायतका काम गरिने जानकारी दिए । मौरीपालन व्यवसायीको सहजताका लागि मौरीको रानो उत्पादन गर्ने नर्सरी तथा स्रोत केन्द्र स्थापना पनि गरिने योजना रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending