Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अमेरिकामा टिपीएस खुल्यो, आवेदन डिसेम्बर २१ सम्म

\"TPS१३ असार, न्युयोर्क । अमेरिकी सरकारले कागजविहीन रहेका नेपालीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस’ (टिपिएस) प्रदान गर्ने भएको छ । अमेरिकी सरकारले आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था दिने सुविधाअनुसार कागजविहीन नेपालीलाई यो सुविधा प्रदान गरेको हो । यो सुविधा पाउन नेपालीले आवेदन भर्नुपर्नेछ । अमेरिकी संघीय सुचना प्रवाह गर्ने ‘फेडेरल रजिस्टर’ले दिएको जानकारीअनुसार ‘होमल्यान्ड सेक्युरिटी विभाग’ ले यो सुविधा पाउन जुन २४ देखि डिसेम्बर २५ सम्म आवेदन दिन सकिने छ । यसले अमेरिकामा कामकाजका लागि कानुनी कागज नभएका नेपालीहरुलाई मद्दत पुग्ने छ । टिपिएस प्राकृतिक विपत्ति, सैनिक विद्रोह जस्ता घटनामा अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकलाई प्रदान गरिने अस्थाई रुपमा संरक्षण गर्ने अमेरिकी नीति हो । नेपालमा गत वैशाख १२ गते भूकम्प गएको र यसले ठुलो क्षति गरेकोले अमेरिकामा कागजविहीन रुपमा बसेका नेपालीहरुलाई यो सुविधा प्रदान गराउन विभिन्न नेपाली संघसस्थाहरु लागि परेका थिए । फेडेरल रजिस्टरले नेपालमा भूकम्पले ठुलो क्षति पुगेको र नेपाल सरकारको अनुरोध आएकोले यो सुविधा प्रधान गरेको जनाएको छ । उसले २५ हजार नेपालीले यो सेवा लिन सक्ने अनुमान गरेको छ । आप्रवासन सम्बन्धी कानुन ‘पी एल १०१–६४९’ ले व्यवस्था गरेकोले अभियन्ताहरुले नेपालीले टिपिएस पाउनुपर्नेमा जोड दिएका थिए । नेपालमा आएको भूकम्पलाई मध्यनजर गर्दै गत वैशाख ३० मा अमेरिकाका लागि नेपालका राजदुत डा। अर्जुन कार्कीले ‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का सेक्रेटरी जेह जोहन्सनलाई सम्बोधन गर्दै टिपीएस का लागि पत्राचार गरेका थिए । नेपाली डायस्पोरा एवं केहि अमेरिकी कंग्रेसम्यान र सिनेटरहरुले पनि यसको पक्षमा लबिङ गरेका थिए । जसमा न्युयोर्कबाट प्रतिनिधित्व गर्ने सिनेटर चाल्र्स सुमेर डटेर लागेका थिए । यो सुविधा यही जुन २४ तारिख बुधबारका दिनबाट सुरु भई आगामी वर्ष २०१६ डिसेम्बर २१ सम्म अर्थात् १८ महिनासम्म जारी रहने विभागले जनाएको छ । टिपीएसको अवधि सकेपछि भने सम्बन्धित सबै गैरकानुनी हैसियतमै फर्किनेछन् । १८ महिनाको लागी मात्र टिपिएस कानुन व्यवसायी खगेन्द्र क्षेत्रीका अनुसार टिपिएस पाउने मुख्य प्रावधान कुनै पनि नेपाली वा नेपालमा बसेको गैर नेपाली यसै वर्षको जुनको २४ तारिख भित्रमा अमेरिका आइसकेको हुनुपर्छ । ती व्यक्तिहरुले जुनको २४ देखि डिसेम्बरको २१ सम्म टिपिएसको निवेदन दिन पाउने छ । उनीहरुले दिएको निवेदनको आधारमा सरकारले काम गर्नका लागी वर्कपरमिट र नेपालमा आफन्त भेट्न जानका लागी ट्राभल डकुमेन्ट उपलब्ध गराउँछ । तर यो टिपिएसको म्याद भने १८ महिनाको मात्र हुनेछ । १८ महिना पछि टिपिएसको म्याद सकेको लगतै यो काम लाग्दैन तर त्यतिखेर सरकारले कुनै योजना ल्याएको खण्डमा भने यसैबाट पनि ग्रिनकार्ड बनाउन मौका मिल्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: