Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

बनेपा महोत्सव हुने

बनेपा । बनेपा ब्वाइज क्लब (बीबीसी) बनेपाको आयोजनामा आगामी असोज ६ गतेदेखि ११ दिनसम्म ‘बनेपा महोत्सव–२०७६’ हुनेभएको छ ।

क्लबले आयोजना गर्न लागेको यो तेस्रो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने तेस्रो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०७६’ गर्न लागिएको क्लबले जनाएको छ । “खेलाडी पाल्न, तालीम सञ्चालन गर्न र कुनै पनि खेलमा भाग लिन पठाउनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रत्येक वर्ष बनेपा महोत्सव गर्दै आएका छौंँ”, क्लबका अध्यक्ष महेश कर्माचार्यले भने ।

राष्ट्रियस्तरको खेलहरुमा आफ्नो दरिलो सहभागिता जनाउँदै काभ्रे जिल्लालाई पहिचान दिन सफल भएको उल्लेख गर्दै क्लबका उपाध्यक्ष हरिकुमार कर्माचार्यले बनेपा ब्वाइज क्लब अहिले राष्ट्रियस्तरको ‘सी’ डिभिजन लिगमा पुर्याउने उद्देश्यसहित तयारी गरिरहेको बताए । खेलाडीहरुलाई आवश्यक आर्थिक व्यवस्थापनका लागि रकम अभाव भएकाले आर्थिक सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्नुपरेको उनको भनाइ छ ।

मेलामा कृषि, घरेलु सामग्रीलगायत एक सयभन्दा बढी व्यापारिक कक्ष रहने आयोजकले जनाएको छ । साथै बालबालिकालाई मनोरञ्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकाहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा गर्न लागिएको महोत्सव असोज १६ गतेसम्म चल्नेछ । पहिलो वर्ष आयोजना गरेको महोत्वसमा घाटा लागेपछि दोस्रो वर्ष आयोजना गरेको महोत्सवबाट रु तीन लाख ७२ हजार ८९० सङ्कलन भएको र सोही रकमबाट खेलाडीहरुलाई खेल तयारी गरिरहेको क्लबका अध्यक्ष कर्माचार्यले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending