Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन्।

शृङ्खलाबद्ध ट्वीटमा उनले आइतवार क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन्।

काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन्।

तालिबानसँगका अमेरिकी वार्ताकार जालमाइ खलिलजादले सोमवार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए।

प्रस्तावित सम्झौता अनुरूप अमेरिकाले २० साताभित्र ५४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने थियो। यद्यपि खलिलजादले यसको अन्तिम निर्णय ट्रम्पले नै गर्ने बताएका थिए।

अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना छन्।

बिहीवार तालिबानले जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको राष्ट्रपति ट्रम्पले बताए।

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो नेतृत्वको मिसनमा सेवा गरिरहेका रोमानियाका एकजना सेना पनि उक्त हमलामा मारिएका थिए।

उक्त हमलाले तालिबानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारणको मारिने सङ्ख्याको अन्त्य नहुने देखाएको आशङ्का गरिएको छ।

सन् २००१ मा अमेरिकी आक्रमणपछि अहिले तालिबानले सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन्।

उनीहरूले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्दै उनीहरूसँग वार्ता गर्न अस्वीकार गर्दै आएका छन्।

अमेरिका र तालिबानका प्रतिनिधिहरूबीच कतारमा नौ चरणमा शान्ति वार्ता भइसकेको छ।

अमेरिकाले आफ्नो सैनिक फिर्ता गरेबापत तालिबानले अमेरिका र उसका साझेदारमाथि हमला गर्न अफगानिस्तानलाई आधार क्षेत्रका रुपमा प्रयोग नगर्ने सुनिश्चितता गर्नुपर्ने थियो।

अफगानिस्तानमा केहीले यो सम्झौताले स्वतन्त्रतामा आँच आउने भनी आशङ्का व्यक्त गरेका थिए।

तालिबानले सन् १९९६ देखि २००१ सम्मको आफ्नो शासनका बेला महिलाहरूलाई निर्मम तरिकाले व्यवहार गर्थ्यो र धर्मसम्बन्धी कडा कानून लगाएको थियो।

सन् २००१ मा भएको आक्रमणयता अफगानिस्तानमा अन्तर्राष्ट्रिय गठबन्धन फौजका झण्डै ३५ सय सदस्य मारिएका छन् भने ती मध्ये २३ सयभन्दा बढी अमेरिकी छन्।

अफगानिस्तानका सर्वसाधारण, लडाकु र सरकारी फौज कति मारिए भन्ने यकिन गर्न निकै कठिन छ।

सन् २०१९ को फेब्रुअरीको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले ३२ हजार भन्दा बढी सर्वसाधारण मारिएको जनाएको थियो।

ब्राउन युनिभर्सिटीस्थित वाट्सन इन्स्टिट्यूटले ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विपक्षी लडाकुहरू मारिएको जनाएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending