Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

देशभर डेङ्गु प्रकाेप , राजधानीसमेत जोखिममा

काठमाडौँ । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडौँ उपत्यकामा डेङ्गुका बिरामी बढ्न थालेका छन् भने चिकित्सक तथा नर्सहरूमा समेत डेङ्गु सङ्क्रमण देखिन थालेको छ । डेङ्गुको उच्च जोखिम बढेपछि नियन्त्रणका लागि सरोकार निकाय क्रियाशील भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकार सबै पक्ष मिलेर डेङ्गुविरुद्ध अभियान चलाउन आह्वान गरेको छ ।
नेपालको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेङ्गुको सङ्क्रमण भएको छ । अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले काठमाडौंँमा डेङ्गु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताए ।

दुई जना डाक्टरसहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेङ्गुको सङ्क्रमण भइरहेको जानकारी दिँदै उहाँले थप्नुभयो, “तीमध्ये एक जना डाक्टर काममा फर्कन थालिसके, अर्का एक जना भने उपचारपछि घरमै आराम गरेर बसेका छन् ।” नर्स, पारामेडिक्स लगायतको टेकु अस्पतालमै उपचार भइरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending