Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बलात्कारका घटना रोक्न यस्तो रणनीति तयार गरिँदै

वीरगञ्ज । कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गर्न लागेको हो ।

सो जघन्य अपराध गर्ने अभियुक्तलाई कम्तीमा सात वर्ष र बढीमा २० वर्षसम्मको सजाय हुने कानूनी व्यवस्था गरिएको छ भने अर्कोतिर श्रीमान्ले श्रीमतीको मञ्जुरीबेगर जबर्जस्ती शारीरिक सम्बन्ध राखे वैवाहिक बलात्कार हुने र मुलुकी अपराध संहितामा यस्तो घटनामा श्रीमान्लाई पाँच वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।

“प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य अपराध बढ्दै जानु प्रदेश सरकारका लागि चिन्ता तथा चुनौतीको विषय हो”, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने । लागुऔषध सेवनकर्ता र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएका कारण दण्डहीनताले प्रश्रय पाएपछि बलात्कारको घटना बढेर गएको छ ।

“प्रदेश नं २ मा बढ्दै गएको बलात्कारजस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने प्रदेश सरकारको सोच रहेको छ”, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादवले भने । प्रदेश सरकारले दुव्र्यसनीमुक्त समाजको स्थापना गरी आउँदो आर्थिक वर्षसम्म यस्ता घटनामाथि नियन्त्रण गर्ने बताए ।

प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७४÷७५ भन्दा आव २०७५÷७६ मा बलात्कारका घटना १२९ ले बढेको छ । आव २०७४÷७५ मा १७० बलात्कारका घटना घटेको थिए भने आव २०७५÷७६ मा यो सङ्ख्या बढेर २९९ पुगेको छ । यसरी हेर्दा प्रदेश नं २ मा बलात्कारका घटना ६० प्रतिशतले बढेका छन् ।

प्रदेश नं २ मा भएका बलात्कारको घटनामध्ये तीन जनाको बलात्कार गरी हत्या गरिएको थियो । बलात्कारको सिकार हुनेमा खासगरी सात वर्षीया बालिकादेखि ५० वर्षीया वृद्धासम्म रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो वर्ष देशभरिमा एक हजार ४८० को बलात्कार भएको थियो भने देशभरिमा प्रत्येक दिन चार महिला कुनै न कुनै रुपमा बलात्कारको सिकार हुने गरेका तथ्याङ्कले देखाएको छ ।

बलात्कारजस्ता घटना लुकाउन पीडितले आर्थिक लेनदेन, लोकलाज र धम्कीका कारण लुकाउने गरेकाले अपराधीको मनोबल बढ्न गएकाले बलात्कारका घटना बढ्दै गएका प्रहरीको ठम्याइ छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० प्रद्युम्नकुमार कार्कीले विद्यमान रहेको कानूनको कडारूपमा पालना हुननसकेकाले यस क्षेत्रमा बलात्कारका घटनाले प्रश्रय पाएको बताए ।

“अधिकांश घटना छरछिमेकी, परिवारबाट नै घट्ने गरेका र अभिभावकको लापरवाही र जनचेतनाको अभावका कारण यस्ता घटना लुकाउने प्रवृत्तिले यसलाई नियन्त्रण गर्न चुनौती थपिएको छ”, उनले भने, “यस्ता घटनाबारे पीडित खुलेर प्रहरीकहाँ आउन नसकेका, अपराधी बढी आफन्त नै भएकाले कारवाहीको दायरामा आउन नसकेका, घटना गाउँघरमै मिलाउने गरेकाले यस्ता घटना हुन नदिन समाज, विद्यालय र क्याम्पसमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।”

नायब महानिरीक्षक कार्कीले यस्ता जघन्य अपराधलाई प्रहरी चौकीमै मिलापत्र गराउनु, दुवै पक्षबीच मेलमिलाप नगर्न÷नगराउन मातहतका प्रहरी कार्यालयलाई निर्देशनसमेत दिएको बताए । बलात्कारका घटना बढ्नुको प्रमुख कारण मादक पदार्थ सेवकर्ताको सङ्ख्या बढ्नुले नै बलात्कारका घटना बढेकाले मादक पदार्थमुक्त प्रदेश बनाउनुपर्नेमा जोड दिँदै महिला अधिकारकर्मी मुन्नीदेवी दासले यस्ता घटनाका अपराधीलाई राजनीतिक संरक्षण प्राप्त भएकाले अपराधीको मनोबल बढ्न गएको बताए।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नयाँ मुलुकी ऐनको फौजदारी सङ्घीयतामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रदेश सरकार प्रयास गरिरहेको बताए । उनले उक्त कानूनलाई कार्यान्वयन गर्न प्रदेश सरकारले प्रहरी र सरकारी वकिल कार्यालयलाई समेत निर्देशन दिइसकेको बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies