Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर

कैलाली । कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ ।

देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ ।
स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गर्नुभएको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन् । सञ्चालक विष्ट भन्छन्, “मानसिक सन्तुलन गुमेका व्यक्ति राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वास्थ्य हुँदै गएका छन् ”। ‘शुरुका केही दिन बानी पार्न निकै कठिनाई हुन्छ, केही दिनमा स्वस्थ हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन् । ’सडक जीवन बिताउँदै आएका एक वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिको स्याहार गर्ने सोच आफूमा पलाएको विष्टले बताए ।

करीब एक वर्ष अघि कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो ३५ वर्षीय महेश कुँवरलाई । बैतडी जिल्लाको पुचौडी नगरपालिका– ८ का महेश घरायसी विवादमा परी मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिदै लम्की पुगेका थिए । सहारा घरका सञ्चालक बलबहादुर विष्टले सडकमा भौतारिने गरेको देखेर आफ्नो सहारा घरमा आश्रय दिए । समय बित्दै गयो र केशव पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किए । उही केशव अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएका मानिसको सहारा बनेकाछन् । सबैको स्याहार सुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने केशव बताउछन् ।

उनी भन्छन्, “म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ सहारा घरको माया स्नेहलेबिना उपचार म निको भएँ ।” सडकमा हिँडिरहेको देखेर बलबहादुर दाइले यहाँ ल्याउनुभयो उहाँले थप्नुभयो, “बिना औषधि सहारा घरको माया ममताले म निको भएँ, हाम्रो लागि बलबहादुर दाइ भगवाननै हुन् ।” अब म पनि यही बसेर दाइ जस्तै अरूको सेवा गर्छु । अहिले केशव पनि मानसिक सन्तुलन गुमाई त्यहाँ बस्ने मानिसहरूलाई नुहाइदिने देखि लिएर खाना पकाएर खुवाउने काम समेत गर्छन् ।
त्यस्तै सहारा घरमा बस्ने लम्की चुहा नगरपालिका –१ थकालीपुरकी सुनिता ९शान्ति० को पीडा पनि कहाली लाग्दो छ । उहाँ पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले सहारा घरमा पुर्याए । दुई छोरा र दुई छोरी रहेका उहाँपनि करिब १२ वर्ष अघिदेखि मानसिक रोगीको सिकार भएका छन् । अहिले उनलाई निको भएको छ । अहिले उहाँ त्यही सहारा घरमा अरूको सेवा गर्दै आइरहनु भएको छ । घर नजिकै भएपनि आफूलाई घर जान पटक्कै मन नलाग्ने बताउछन् शान्ति । घर नजिकै भएर आफूहरूले पटक पटक घर पठाउँदा पनि पुनः फर्किएर सहारा घरमा आइहाल्छन् सञ्चालक विष्टले भने ।
सहारा घरले कुश नाम राखिदिएका एक जना हिन्दी भाषी युवा समेत आफ्नो बारेमा बताउन सक्नुहुन्न उहाँ ‘बुबा काममा जानुभएको छ’ मात्रै भन्छन् ।
यी त केही उदाहरणका पात्र मात्र हुन । सहारा घरमा उपचार बिना नै कयौँ मानसिक सन्तुलन गुमाएर बसेका मानिसहरू निको भएर कोही यही बसेर सेवा गरिरहेका छन् भने ४७ जना निको भएर परिवार मिलन भइसकेका छन् ।
असहायको सहायताका लागि विष्टले ‘असहायका लागि सहयोगी हातहरू नेपाल’ संस्थाको नाममा देशबिदेशबाट सहयोग जुटाउने गरिरहनु भएको छ । ‘सहयोगी हातहरू भर्खर जुट्दै छन्’ उनले ने, ‘सामाजिक सञ्जालमार्फत सहायता माग्छु ।’संस्थाको नाममा बैङ्कमा खाता खोलेको छु उनले भने ।
सहारा घरमा ,स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्र्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको सञ्चालक विष्टले बताउनुभयो । उनले भने ,‘विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले अशक्त तथा असहायहरूलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनि कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने व्यक्तिहरूलाई गाँस बासमा समस्या हुने गरेको छ ।’ विष्टले खर्च नहुँदा आफूसँग भएको खेतवारी बिक्री गरेर खर्च चलाइरहेको समेत बताए । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies