Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

अछाम । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो ।

एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो । यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य चौकीमा १२९ गर्भवती भएका मध्ये ३९ जना, वडा नं ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती भएका मध्ये ११ जना २० वर्षमुनिका रहेका छन् । गाउँपालिकाको वडा नं ५ लुंग्रा स्वास्थ्य चौकीमा भने २० जना गर्भवती भएका मध्ये एक जना मात्रै २० वर्षमुनि रहेको पाइएको छ । वडा नं ६ दुनीमा ६१ जना गर्भवती भएका मध्ये १३ जना र वडा नं ७ मार्कु स्वास्थ्य चौकीमा २० जना गर्भवती भएका मध्ये ५ जनाले उमेर नपुग्दै बच्चा पाएकोे तथ्याङ्क छ ।

एक वर्षको अवधिमा गाउँपालिकाका पाँच स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार ४६१ गर्भवती भएका मध्ये ११० जना महिलाले उमेर नपुग्दै बच्चा पाएको देखिन्छ । स्वास्थ्य संस्थाको पहुँचमा नआई गर्भवती हुने र सुत्केरी गराउनेको सङ्ख्या स्वास्थ्य संस्थाको तथ्याङ्कमा उल्लेख नगरिएको चौरपाटी गाउँपालिका स्वास्थ्य संयोजक कमल साउदले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिकामा पनि उमेर नपुग्दै बच्चा जन्माउने महिलाको सङ्ख्या १५।०७ प्रतिशत रहेको पाइएकोे छ । नगरमा १३ स्वास्थ्य चौकी र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको तथ्याङ्कअनुसार एक हजार ५०६ गर्भवती भएका मध्ये २२७ जनाले उमेर नपुग्दै (२० वर्षमुनि) वच्चा जन्माएको नगरको स्वास्थ्य शाखा सह–संयोजक पुष्पबहादुर बुढाले जानकारी दिए ।

नगरपालिकामा उमेर नपुग्दै बच्चा पाउनेको सङ्ख्या धेरै देखिए पनि बयालपाटा अस्पतालमा अन्य स्थानीय तहका साथै छिमेकी जिल्लाको तथ्याङ्कसमेत रहेकाले बढी देखिएको सह संयोजक बुढाले बताए । गत आर्थिक वर्षमा बयालपाटा अस्पतालमा मात्रै ९३१ जना गर्भवती भएका मध्ये १६७ जनाले उमेर नपुग्दै बच्चा पाएका थिए ।

नेपाल सरकारले स्वास्थ्य सुधारका लागि ‘विहेवारी बीस पारि’ नारा दिए पनि उमेर नपुग्दै बच्चा जन्माउनेको तथ्याङ्कले चुनौती दिएको छ । कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको इच्छापूर्ण दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

बीस वर्ष उमेर नभई गर्भवती हुँदा जटिल खालका समस्या उत्पन्न हुने गरेको चौरपाटी गाउँपालिका स्वास्थ्य सह–संयोजक साउदले बताए । उनले भने “उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने जस्ता समस्या हुने गरेको देखिन्छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies