Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

आक्रमणकारी खोज्न सिसीटिभी जडान

बलेवा । अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध रुपले आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन(सिसीटिभी) जडान गरेको छ। घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासङ्घले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो।

भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र आन्तरिकरूपमा आक्रमणकारी पहिचानका लागि सिसी क्यामेरा जडान गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए। तत्कालका लागि आठ क्यामेरा जडान गरिएको छ। भवनको बाहिरी आवरणदेखि तेस्रो तलामा रहेको हलसम्म हुने सबै क्रियाकलाप हेर्न मिल्ने गरी क्यामेरा जडान भएका छन्।

“रातको समयमा कोही नभएको मौकामा निरन्तर प्रहार भएपछि विकल्प खोजिएको हो”, अध्यक्ष शिरिषले भने, “अपराधीको पहिचानका लागि क्यामेराले सहज बनाउनेछ।” भवन वरपर सरकारी कार्यालय रहेकाले शनिबार र रातको समयमा त्यो क्षेत्र सुनसान रहने गरेको छ। अघिल्लो तीन सातायता महासङ्घको भवनमा शनिबार राति शृङ्खलाबद्धरूपमा आक्रमण भएको थियो।

महासङ्घको निर्माणाधीन सभाहलको जिब्सन बोर्ड, फ्रेम तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटरबक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा–टुक्रा पारिएको छ। पछिल्लो तीन सातायता तार काट्ने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेकाले खोज अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराउँदै सिसीटिभी जडान गरिएको शाखाका सचिव राम थापाले बताए।

“तोडफोड क्षतिका हिसाबले ठूलो नभए पनि पटक–पटकको घटनाले सामान्य विषयको सङ्केत गर्दैन”, सचिव थापाले भने, “घटनामा संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।” महासङ्घले भवन आसपासमा काँडेतारले तारबार गरेको छ। तर, कृषि ज्ञान केन्द्र मातहतको कृषि नर्सरीमा अहिले कर्मचारी नबस्ने भएकाले त्यसतर्फबाट महासङ्घ कार्यालय प्रवेश गर्न सहज हुनसक्ने शाखाको अनुमान छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासङ्घ भवनमा रातिको समयमा भएको तोडफोड घटनालाई गम्भीरतापूर्वक लिएको बताए। शुरुमा सामान्य विषयको रूपमा लिएको तर प्रहरी कार्यालयको नजिकै पटक–पटक दोहोरिएको घटनाको प्रभावकारी खोज अनुसन्धानका लागि टिम परिचालन गर्ने उनको भनाइ थियो।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies