Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जिल्लाकै नमूना विद्यालय जसले कमाउँछ वार्षिक दुई लाख

माल्म । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो ।

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा सङ्काय र सिटिइभिटीको १८ महीने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना तथा आर्थिक हिसाबले पनि सवल विद्यालयका रुपमा परिचित रहेको छ ।

विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरबन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताउनुभयो । “विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेका छन्”, उनले भने, “१५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौँ ।”

विद्यालय स्याउ घाँस बेच्छ

विद्यालयका करीब तीन हेक्टर जमीनमा स्याउको बगैँचा बनाइएको छ । स्याउ र घाँस बेचेर वार्षिक एक लाखसम्म आम्दानी विद्यालय गर्ने गरेको छ । विद्यालयमा स्याउ बगैँचा र स्याउबाट जाम बनाउने गरिएको र वर्षेनी घाँस बेचेर थप ४०÷४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए । “हामीले स्याउ तथा घाँस बेचेर पैसा कमाउने गरेको छ”, उनले भने, “हामीले बगैँचा हेरचार बगैँचा विद्यालयका शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।”

विद्यालयका नाममा रहेको खेतीयोग्य जमीन भाडा स्थानीयलाई दिएको र स्थानीयले त्यो जमीनमा आलु र खाद्यबाली उत्पादन गर्ने गरेको शिक्षक हमालले बताए ।

प्राविधिक क्षेत्रमा विद्यार्थीको आकर्षण

महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महीने कार्यक्रममा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका र तीनवर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताए । “हिमाली जिल्लाका विद्यार्थीको प्राविधिक शिक्षामा निकै आक्रर्षण रहेको छ”, उनले भने, “यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षामा पढ्न आएका छन् ।”

विद्यालयमा प्राविधिक शिक्षा पढ्न आउनेलाई विद्यालयको आफ्नै होस्टेलमा राख्ने गरिएको छ । विद्यालयमा पढ्न आउनका लागि होस्टेल निःशुल्क व्यवस्था गरिएको छात्रवृत्ति दिएर १८ महीने जेटिए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया बताइन् । “होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता”, उनले भने, “होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ ।”

प्रधानाध्यापक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घण्टा भेटिने गर्छन्। काम विशेषले बाहिर गएमात्र नत्र भने हेडसर २४ घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । हेड सरकै मेहनतले विद्यालय राम्रो हुन सकेको वडाध्यक्ष शाहीले बताए । “विद्यालयमा यो अवस्था आउनुमा हेडसरको प्रमुख भूमिका छ”, उनले भने, “उनकै कारणले यो विद्यालयको मुहार फेरिएको छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending