Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा यी तीन व्यक्तिकाे नाम सिफारिस

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले तीनजनाको नाम सिलबन्दी गरेर शिक्षा मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयले सिलबन्दी खोलेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सिफारिस समितिले २९ साउनमा नाम मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद् बैठकमा उपाध्यक्ष नियुक्तिको प्रस्ताव लैजाने तयारी छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उपाध्यक्ष सिफारिस भएको खबर शिक्षासचिवबाट प्राप्त गरेको, तर कसको नाम सिफारिस भयो भन्नेबारे आफूले नसोधेको बताए ।

चिकित्सा शिक्षा ऐनको दफा २३ मा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको समितिले उपाध्यक्ष नियुक्तिको सिफारिस गर्ने व्यवस्था छ । सिफारिस समितिले दरखास्त पेस गर्ने उम्मेदवारको रोस्टर तयार गरी छनोट भएका योग्य तीन उम्मेदवार उपाध्यक्षका लागि सिफारिस गर्ने व्यवस्था छ ।

उपाध्यक्षका लागि अहिले नौजना प्रतिस्पर्धामा छन् । प्रा।डा। श्रीकृष्ण गिरी, प्रा।डा। यहुनचन्द्र सिवाकोटी, प्रा।डा। तरुण पौडेल, प्रा।डा। रमेशप्रसाद सिंह, प्रा।डा। नीलमणि उपाध्याय, प्रा।डा। सुरेन्द्र शेरचन, प्रा।डा। पारस पोखरेल, प्रा।डा। राजेन्द्रप्रसाद साह, प्रा।डा। शम्भुकुमार पहारीले यो पदका लागि प्रतिस्पर्धा गरेका थिए । जसमध्ये प्रा।डा। सुरेन्द्र शेरचन, प्रा।डा। शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीमध्ये एक उपाध्यक्ष बन्ने चर्चा छ ।

समितिले सबै प्रतिस्पर्धीको अन्तर्वार्ता लिएर, चारवर्षे कार्ययोजना र भिजनको समेत मूल्यांकन गरेर नाम सिफारिस गरेको छ । आवेदन दिएका ११ मध्ये ऐनअनुसार योग्यता नपुगेका प्रमोदकुमार सर्राफ र जेएन पाण्डेको आवेदन रद्द भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending