काठमार्डौ । सिंगापुरमा उपचार गरेर गत सोमबार मात्र फर्किएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाब दिएका छन् ।प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक पनि स्थगित गरिएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, एकीकरणको बाँकी कामलगायत विषयमा छलफल गर्न बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो । बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री अस्वस्थ भएपछि उनीहरू सामान्य अनौपचारिक छलफल गरेर फर्किएका थिए ।
आजकबो नयाँ पत्रिका दैनकिमा खबर छ प्रधानमन्त्रीको सचिवालयले भने उनको स्वास्थ्य ठीक रहेको जनाएको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ, उहाँ भोलि बिहानैबाट नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनुहुनेछ । उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नुहुने सबै शुभचिन्तकमा धन्यवाद छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बिहीबार राति ट्विट गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूलाई ज्वरो आएकाले बैठक शुक्रबार बस्ने गरी स्थगित भएको हो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत नेतासँग अनौपचारिक छलफल गरेका थिए ।
आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले बेडरुममै गएर केहीबेर कुराकानी गरेको स्रोतले जनाएको छ । ‘केहीबेर ज्वरो आउने, केहीबेरमा निको भएजस्तो हुने, थकान महसुस गर्नुभएकाले प्रधानमन्त्रीसँगको परामर्शअनुसार शुक्रबार बैठक बसौँ,’ बैठकका लागि पुगेका नेताहरूलाई प्रचण्डले भनेका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: