Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

खसीबोका आयात ४८ प्रतिशतले घट्यो

बाँके । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए ।

सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुँगुर, बङ्गुर आयात भएको भएको छ । आव २०७४/०७५ मा आठ हजार ७७१ वटा सुँगुर, बङ्गुर आयात भएकोमा आव २०७५/०७६ मा आयात दर घटेर दुई हजार २१ वटा सुँगुर, बङ्गुर आयात भएको चेकपोष्ट प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार, गत आवको फागुनसम्म ६९ हजार २४८ वटा खसीबोका, दुई हजार २१ सुँगुर, बङ्गुर, एक हजार १३० घोडा, खच्चड र ७१३ गोटा राँगा, भैँसी आयात भएका छन् । “काठमाडौँ, पोखरालगायतका शहरमा लैजान नेपालगञ्ज नाकाबाट खसीबोका आयात हुने गरेको थियो”, उनले भने ।

भारतबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि यस नाकाबाट पशुचौपाया आयात हुने क्रम घटेको उहाँको भनाइ छ । आव २०७४/०७५ मा एक लाख ५४ हजार ९५४ वटा अन्य पशुचौपाया आयात भएकोमा आव २०७५÷०७६ मा ७३ हजार २०२ वटा पशुचौपाया मात्र आयात भएको उनले बताए ।

स्वास्थ्य जाँच गराउन नयाँदिल्ली वा कलकत्ता जानुपर्ने भएपछि भारतबाट पशुचौपाया आयातमा कमी आएको उनको भनाइ छ । त्यस्तै आव २०७४/०७५ मा ७६८ मेट्रिक टन दूध र २४ हजार २२१ मेट्रिक टन खाने माछा आयात भएकोमा आव २०७५/०७६ मा १७९ मेट्रिक टन दूध र ३३१ मेट्रिक टन माछा आयात भएको चेकपोष्टको तथ्याङ्कले देखाएको छ । “स्वास्थ्य जाँच गराएर मात्र माछा ल्याउन दिने नियममा कडाइ गरिएपछि माछा आयातमा पनि कमी आएको छ”, त्रिपाठीले भने । खसीलगायत पशुचौपाया आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थालेको उनको भनाइ थियो ।

उनले भने, “नाफाभन्दा झन्झट धेरै हुने भएपछि पशुचौपाया आयात ह्वात्तै घटेको छ ।” जुन देशबाट आयात गर्ने हो सोही देशको क्वारेन्टाइनबाट पशु स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनुपर्ने नीति विसं २०५५ मा बने पनि पशु क्वारेन्टाइन चेकपोष्टले गत चैतदेखि मात्र यो नियम कडाइका साथ लागू गरेको छ ।

पशु सेवा विभागको निर्देशनमा भारतबाट निकासी हुने पशुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य गरेको त्रिपाठीले बताए। “आजभन्दा २१ वर्षअघि नै नीति आए पनि हालसम्म कडाइ गरिएको थिएन”, उने भने, “अहिले आएर कडाइका साथ नीति कार्यान्वयन गर्ने आदेश आएपछि सोहीबमोजिम हामीले काम गरेका हौँ ।” चैतदेखि असार मसान्तसम्म ९० वटा खसीबोकाबाहेक अन्य कुनै पशुचौपाया आयात नभएको उनले बताए । पशुको स्वास्थ्य जाँच भएको प्रमाणपत्र बुझाउनुपर्ने नियममा कडाइ गरिएपछि नेपालगञ्ज नाकाबाट पशुचौपाया आयातमा कमी आएको क्वारेन्टाइन प्रमुख त्रिपाठीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies