Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध

बाजुरा । जिल्लामा भित्रिने विकास बजेटको सबैभन्दा ठूलो हिस्सा सडक निर्माणमा खर्चने गरिएको छ । अन्य शीर्षकमा आएको बजेटसमेत रकमान्तर गरेर सडकमै लगानी गरिएको छ । सडक सबैले उपयोग गर्ने भन्दै लक्षित वर्गका लागि आएको बजेट समेत स्थानीय राजनीतिक दलको मिलेमतोमा शीर्षक मिलाएर सडकमै लगाइएको हो ।

ठाउँ विशेष र आवश्यकता पहिचान गर्नुभन्दा पनि घरघरमा सडक पुर्याउने होडबाजी नै चलेकाले सिमसिम पानी पनि पर्नासाथ सडकमा सवारी गुड्नै छोडछन् । वार्षिक करोडौँ रकम खर्चेर खोलिएका नयाँ ट्याक र मर्मत गरिएका सडक सामान्य वर्षाका कारण पनि अवरुद्ध हुने नियति यसवर्ष पनि यथावत छ । मनसुन शुरु भएका केही दिनमै जिल्लाका ग्रामीण क्षेत्रका मुख्य मार्तडी–कोल्टी सडक, मार्तडी–गौमुललगायत सदरमुकाम मार्तडी वरपरका सबै सडक ठप्प छन् । हिँउदमा मुस्कीलले चल्ने ग्रामिण सडक असार पहिलो सातादेखि ठप्प छन् ।

करोडौँको लगानी सडकमै गरिए पनि स्थानीयवासी भने पैदल यात्रा गर्न बाध्य छन् । हिउँदमा सडक बनाइन्छ, हरेक वर्षाद्मा बाढीपहिराले पुरानै अवस्थामा पुर्याउने हुँदा लगानी मात्र खेर गएको कोल्टीका व्यापारी वर्तराज उपाध्यायको दुखेसो छ । डोजर प्रयोगले थप पहिराको जोखिम मात्र निम्त्याएको सर्वसाधारणको गुनासो छ ।

जिल्लामा दर्जन बढी ग्रामीण सडक डोजर लगाएर खनिएका छन् । स्थानीय तह निर्माणपछिको दुई वर्षको अवधिमा मात्र नौ स्थानीय तहलेमात्र एकसयभन्दा बढी किलोमिटर लामो सडक निर्माण गरेका थिए तर ती सडक हिँड्न र पद मार्गका लागि पनि लायक नभएको मार्तडीका व्यापारी चक्रबहादुर मल्लको भनाइ छ । प्राविधिक मूल्याङ्कनबिनै सडक निर्माण गरिएकाले पानी पर्ने बित्तिकै पुरानै अवस्थामा पुगेका हुन् । केही स्थानीय तहले आफ्नै डोजरले सडक निर्माण गरिरहेका छन् भने कोहीले ठेकेदारमार्फत सडक निर्माण गराएका छन् । जिल्लाका जगन्नाथ, बूढीगङ्गा, त्रिवेणी खप्तड छेडेदहलगायत स्थानीय तहका वडा वडामा सडक खनिएको छ । तर ती सबै सडक वर्षाद्ले पुरानै अवस्थामा पुर्याएको खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका मिनबहादुर सार्कीले बताए । बाइस वर्षपछि कालोपत्र गरिएको साँफे मार्तडी सडक पनि बल्देको पहिरोका कारण बेला बेला अवरुद्ध हुने गरेको छ । बाटो बन्द भएको दिन मार्तडीसम्म हिँड्नुपर्ने बाध्यता यहाँका यात्रुलाई हुने गरेको छ ।

सडकको गुणस्तर राम्रो नहुँदा पानी परेको भोलिपल्टदेखि जिल्लाका अधिकांश सडकमा सवारीसाधन चलाउन मुस्किल परेको सवारी चालक प्रेम रावतले बताए । जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली, स्वामिकात्र्तिक, गौमुल गाउँपालिकाकका केही वडाबाहेक सबैतिर सडक खनिएको छ ।

सडक बन्द भएपछि आवतजावतसँगै दैनिक उपभोग्यका समान ढुवानीमा समेत असर पुगेको छ । ढुवानी खच्चड र मान्छेबाट मात्र गर्नुपर्ने हुँदा मूल्य बढ्न थालेको उपभोक्ताको भनाइ छ । जिल्ला सडक गुरुयोजनामा १३ वटा सडक परे पनि अलिखितरुपमा भने दर्जनौँ सडक खनिएका छन् तर त्यसको दीगोपनामा कसैले ख्याल गरेका छैनन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies